default_image

6 years ago

November 27, 2019

सागको कराते टोलीलाई खेल पोशाक प्रायोजन

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने कराते टोलीलाई खेलप्रेमीहरुले खेल पोशाकलगायतका सामाग्री प्रायोजन गरेका छन् ।

सम्झना ल्याबका उर्दिप जोशी, क्लासिक डायमन्डले समान १ लाख, नेपाल कराते महासंघका सदस्य ध्वजमान मोक्तानले ८० हजार, महर्जन निर्माण सेवका वीरेन्द्र महर्जन, ऐला रेष्टुरेन्टका निदेश राई, नविव पाण्डे, राजेश श्रेष्ठले समान ५० हजार तथा निवास वैद्यले ४० हजार रुपैयाँ करातेको राष्ट्रिय टोलीलाई प्रायोजन गरेका थियो ।

त्यो रकमबाट केल्मीको खेल पोशाक खरिद गरिएको थियो । टोलीका व्यवस्थापक रवि महर्जनले केल्मीले ३० प्रतिशत छुटमा खेल पोशाक लगायतका सामाग्री उपलब्ध गराएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, करोत महासंघका सह अध्यक्षद्वय दावा गुरुङ र पुरेन्द्रविक्रम लाखे र केल्मीका लागि नेपालको अधिकृत विक्रेता कामेरुका उत्तम न्यौपानेले खेलाडीलाई सामाग्री वितरण गरेका थिए ।

कराते टोलीमा रहेका २९ खेलाडीलाई ट्रयाकसुट, ज्याकेट, टिसर्ट, ब्याग, जुत्ता प्रदान गरिएको छ । त्यस्तै टोलीका ८ प्रशिक्षक र २ व्यवस्थापकलाई ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको छ । सागमा कराते सोमबारबाट सुरु हुनेछ । नेपालले करातेबाट पनि पदकको अपेक्षा गरेको छ । १२ औं सागमा हटाइएको कराते यसपटक पुनः समावेश गरिएको छ । नेपालले सन् १९९९ को आठौं सागमा पदक तालिकामा दोस्रो स्थान हासिल गर्दा करातेले मात्र १४ स्वर्ण पदक जितेको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.