6 years ago
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको सोलमा जारी ई-स्पोर्ट्स विश्व च्याम्पियनसिप अन्तर्गत डोटा-२ तर्फ नेपालको यात्रा समाप्त भएको छ । नेपालको प्रतिनिधित्व गर्दै माई-रिभेन्जको टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो ।

नेपालले प्रतियोगितामा ५ खेल खेल्दै ३ जित र २ हार बेहोरेको हो । स्विस लिग पद्दतिमा नेपालले कम्तिमा ४ जित दर्ता गरेको भए प्लेअफ चरणमा प्रवेश गर्ने थियो । तर ३ जित र २ हार बेहोरेपछि नेपाल समूहको नवौं स्थानमा रहेर प्लेअफमा पुग्न सकेन ।
नेपालले पहिलो खेलमा चाइनिज ताइपेइलाई ३४-८ को अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा मेक्सिकोसँग ४२-२८ को अन्तरले पराजित नेपालले तेस्रो खेलमा श्रीलंकालाई ३९-२७ ले हरायो । चौथो खेलमा चेक गणतन्त्रसँग २२-१३ ले पराजित भएपछि नेपालको प्लेअफ सम्भावना कम भएको थियो । अन्तिम खेलमा स्लोभाकियासँग जित दर्ता गरेपनि नेपाल अगाडि बढ्न सकेन ।
फिलिपिन्स, फिनल्यान्ड, थाइल्याण्ड र स्विडेनले प्लेअफ यात्रा तय गरे । स्विडेनले फिलिपिन्सलाई २-१ अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्दा थाइल्याण्डले फिनल्याण्डलाई २-० ले हरायो । फाइनल खेल शनिबार हुनेछ ।
नेपाल ई-स्पोर्ट्स संघ (नेसा) को संयोजकत्वमा टोलीले विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको हो । गत महिना भएको नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको विजेता टोलीको हैसियतले माइ-रिभेन्ज टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]