6 years ago
December 17, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा पहिलो पटक सुदूरपश्चिम स्पोर्टस् अवार्ड आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले पुस १५ गते अवार्ड आयोजना गर्न लागेको हो । अवार्डलाई केटिएम बाइकले मुख्य प्रायोजन गरेको छ । विभिन्न ६ विधामा अवार्ड दिइने मञ्चले जनाएको छ ।
मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यक्ष र केटिएम बाइकका आधिकारिक विक्रेता वान स्टप अटोबाइक्सका प्रबन्ध निर्देशक अभियान खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
‘सुदुरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई उत्प्रेरण प्रदान गर्ने भएकाले साथ दिन लागेका हौं,’ प्रबन्ध निर्देशक खड्काले बताउनुभयो ।
मञ्चका सल्लाहकार उपाध्यक्षले सहयोगका लागि प्रायोजकलाई धन्यवाद दिए । अवार्ड बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरिने बताइएको छ । स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रमकै गरिने जनाइएको छ ।
चार विधाका विजेतालाई नगद २५ हजार तथा स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अवार्डको मुख्य प्रायोजक र विधागत प्रायोजकको खोजी भइरहेको मञ्चका अध्इक्ष सीताराम ओझाले बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]