default_image

6 years ago

December 22, 2019

माल्दिभ्समा प्रतिभाको टिम पुलिस च्याम्पियन

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी  महत्वपुर्ण सदस्य प्रतिभा मालीको पुलिस टोली माल्दिभ्स लिग भलिबलमा च्याम्पियन बनेको छ । 

शनिबार राति भएको फाइनलमा प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । त्यसपछिको दुवै पुलिसले २५–१९ र २५–१८ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

फाइनलमा उच्च प्रदर्शन गरेकी प्रतिभा खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । उनी ५ खेलमा तेस्रो पटक प्लेयर अफ दि म्याच हुन सफल भइन् ।

लिग खेल्ने टोलीले माल्दिभ्स बाहिरका एक खेलाडीलाई टोलीमा राख्न पाउने प्रावधान छ । जसमा प्रतिभा पुलिस टोलीमा आबद्ध भएकी थिइन् ।
उम्कोमा थाइल्यान्डकी खेलाडी समावेश छिन् । १३औं साग मंसिर २४ गते सम्पन्न भएको थियो भने प्रतिभा २६ गते माल्दिभ्स प्रस्थान गरेकी थिइन् ।

राष्ट्रिय टोलीकी अर्की सदस्य सरस्वती चौधरीको टोली भने लोरेन्जो लिगमा तेस्रो भएको छ ।  प्रतिभाले यसअघि पनि माल्दिभ्स लिग खेलिसकेकी छिन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाएकी प्रतिभा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

प्रतिभा गत महिना मात्र बंगलादशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनकै उच्च प्रदर्शनमा नेपालले भलिबलमा ऐतिहासिक उपाधि जितेको थियो । गत साता मात्र नेपालले सागमा पहिलोपटक रजत पदक जित्दा उनले प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.