6 years ago
December 23, 2019
दिपक न्यौपाने,बुटवल
काठमाडौंका सविन तामाङले राजु लामा स्मृति खुला स्कुकर प्रतियोगिताको उपाधि जितेका छन् । राजन लामालाई आइतबार पराजित गर्दै सविन च्याम्पियन बनेका थिए । न्यु क्लब थर्टिनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सविनले राजनलाई ६–३ ले हराएका थिए ।

कपन निवासी १९ बर्षीय सविनले अन्र्तराष्ट्रिय स्तर प्रतियोगितामा भाग लिइसकेका खेलाडीलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।नेपालका नम्बर वान बुटवलका रेगन श्रेष्ठले पनि पनि प्रतियोगितामा भाग लिएका थिए । तर, उनीसहित अन्य चर्चित खेलाडीले सेमिफाइनल सम्मको यात्रा पनि तय गर्न सकेनन् ।
सविनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे । राजनले २५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनल पुगेका कसिस क्षेत्री र बुटबलका सुजन पुनले समान ५ हजार प्राप्त गरे । प्रतियोगितामा हाइएष्ट ब्रेक राजन लामाले १५ हजार रुपैयाँ प्राप्त गरे । सागर पुन र निशेष सिलवाल प्रतियोगिताको उदयमान खेलाडी तथा इटहरीका आयुष गौतम अनुशासित खेलाडी घोषित हुँदै पुरस्कृत भए ।
आले तामाङ उत्कृष्ट खेलाडी घोषित भएर उनले ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक क्लब थर्टिनले अन्तराष्ट्रिय खेलाडी राजन लामा, अमृतमान श्रेष्ठ रेगन, सोनम लामा र निरमान बोगटीलाई सोहि कार्यक्रममा सम्मान गरेको थियो । प्रतियोगितामा काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, कपिलबस्तुका १ सय २८ खेलाडीको सहभागिता थियो ।
स्वर्गिय राजु लामाका सुपुत्र पेम्बा लामा, वडा नं. ७ का वडाअध्यक्ष जगदिश चन्द्र आचार्य, नेपाली काग्रेस नगरसभापति खेलराज पाण्डे, प्रतियोगिताको सहसंयोजक तथा नेपाल पुल तथा स्नुकर संघका जिल्ला उपाध्यक्ष सुजन पुनलगायतले विजयी खेलाडीलाई पुरस्कृत गरे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]