6 years ago
December 26, 2019
काठमाडौं(हाम्रो खेलकुद)– पुर्व नेपाल नम्वर वान शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहिबार शुक्र बहादुर राईलाई पछि पार्दै शिवरामले उपाधि जितेका हुन् ।
शिवरामले ७२ होलमा कुल १४ अण्डर २ सय ७४ स्कोर बनाए । उनले हालै मात्र प्रो बनेका शुक्रमाथि १५ सटको जित निकाले । हालै प्रोफेसनल खेलाडीमा बढुवा भएका शुक्रले कुल एक ओभर २ सय ८९ स्कोर बनाए । रबी खड्काले ३ ओभर २ सय ९१ स्कोरसहित तेस्रो स्थान हासिल गरे ।
धन बहादुर थापा चौंथो भए । हालका नेवाल नम्व वान भुवन नगरकोटी पाँचौ र रामे मगर छैटौं भए । दिपक मगर सातौं, संजय लामा आठौं, टंक बहादुर कार्की र बिपिन तामाङ नवौं तथा जयराम श्रेष्ठ शीर्ष १० मा अटाए । यस सँगै शिवरामले करियरको ४५ औं उपाधि हात पारे । उपाधिसँगै शिवरामले १ लाख २५ हजार नगद पुरस्कार हात पारे ।
दोस्रो भएका शुक्रले ८० हजार तथा तेस्रो भएका रबीले ५८ हजार प्राप्त गरे । चौथो भएका भन बहादुरले ४७ हजार पाए । भुवनले ४० हजार पाए । रामे मगरले ३६ हजार, भेट्रान प्रो दीपक थापा मगरले ३३ हजार, सन्जय लामाले ३० हजार र टंक, विपीन तामाङ र जयराम श्रेष्ठले २६ हजार १ सय ६७ रुपैया पाए । एम्योच्योरतर्फ १३औं सागको दोहोरो स्वर्णधारी सुवास तामाङले उपाधि जिते । उनले १४ ओभर ३ सय २ स्कोर गरे ।
रितेश तामाङ दोस्रो भए । बिहीबार फाइनल राउन्डमा १८ होलमा प्रोका २१ र चार एम्योच्योरले प्रतिस्पर्धा गरेका थिए । विजयी टोलीलाई सुर्य नेपाल प्रालका ब्रान्ड म्यानेजर केशव प्रधान र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरे ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना तथा सुर्य नेपालको प्रायोजनमा भएको तीन दिने प्रतियोगितामा प्रो तर्फ ४३ जना र एम्योच्योरका ४ गरी ४७ गल्फरले प्रतिस्पर्धा गरेका थिए । अब सुर्य नेपाल इस्टर्न ओपन २१ देखि २४ जनवरीसम्म धरानमा तथा सुर्य नेपाल वेस्टर्न ओपन १२ देखि १५ फेब्रुअरीमा पोखरामा हुनेछ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]