default_image

9 years ago

June 30, 2016

फोटो प्रतियोगितामा खेलकुद पनि समावेश

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –

खेलकुदसँग सम्बन्धित फोटो खिच्ने व्यावसायिक, शौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार प्रतिस्पर्धामा उत्रने मौका पाएका छन् । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार क्लब नेपालले बुधबार आइएमई ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गर्दा स्पोर्टस विधा पनि समेटिएको छ ।

प्रतियोगितामा स्पोर्टससहित विभिन्न ७ विधामा प्रतिस्पर्धा हुनेछ । विनासकारी भुकम्पका कारण गत बर्ष स्थगित प्रतियोगिता यो बर्ष पुन सुरु गरिउको आयोजक पिजे क्लबले जनाएको छ । प्रतियोगिताका लागि बुधबारबाटै फोटो दर्ता प्रक्रिया सुरु भएको छ । क्लबको आधिकारिक वेभसाइट धधध।उवअगिद।अयm।लउ मा गएर दिइएको गाइडअनुसार फोटो दर्ता गर्न सकिने क्लबले बताएको छ ।

photo contest

प्रतियोगितामा विदेशी नागरिक तथा पिजे क्लबको कार्यसमिति सदस्यले भने सहभागिता जनाउन नपाउने नियम बनाइएको छ ।

बुधबारबाटै सुरु भएको दर्ता प्रक्रिया असार मसान्तको मध्यरातमा १२ बजे वन्द हुनेछ भने साउन १२ मा पिजे क्लबले एक भव्य कार्यक्रमका बीच सबै सात विधाका विजेताको घोषणा गर्ने जानकारी गराएको छ । यसैगरी भदौ १५ गते विजेतालाई पुरस्कृत गरिनेछ भने त्यही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी गराएका छन् । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ ।

प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा १ हजारभन्दा बढि फोटोग्राफरका ९ हजार फोटो सहभागि थिए । प्रदर्शनीलाई १ लाखभन्दा बढि जिज्ञासुले अवलोकन गरेको पिजे क्लबले बताएको छ । आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस, घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । अर्घाखाची सिमेन्ट न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत्र मसान्तसम्म खिचिएका तस्विरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

contest

अन्य विधामा जहिलेसुकै खिचिएका तस्विरहरू पठाउन सकिनेछ । अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटोलाई सहभागि गराउन पाइने छैन । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार रहेको प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने बुधबार घोषणा कार्यक्रममा जानकारी गराइयो । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ ।

विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, एडभेन्चर स्पोर्टस, अखिल नेपाल फुटबल संघ, एस म्यागजिन, रैका टुर्स, भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गर्ने भएका छन् भने नेपाल वायुशेवा निगम कार्यक्रमको आधिकारिक एयरलाइन्स हुनेछ । मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ । यो वर्ष हाम्रो पुरानो सम्झौताको अन्तिम वर्ष हो । तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहदै आएको विचार राखे । मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका अध्यक्ष मनोज पाण्डेले आफूलाई खेलकुदमा रुची भएकाले प्रायोजन गरेको बताए । ‘देश चिनाउन र देशलाई एक बनाउन खेलकुदको महत्वपूर्ण भुमिका हुन्छ । फोटोग्राफीले नेपाली खेलुकद प्रवर्दनमा ठूलो भुमिका खेलेको छ,’ उनले भने । नेपाल पर्यटन बोर्डका पिआर एन्ड पब्लिसिटी निर्देशक सुनिल शर्माले घुमफिरमा निस्कने पर्यटकहरुले बोक्ने क्यामेरामा कैद भएका तस्विर समेत सहभागि हुन पाउनु प्रतियोगिताको सुन्दर पक्ष भएको बताए । ‘शौखिन पर्यटकले खिचेका कतिपय तस्विरहरु निकै सुन्दर हुन्छन् । देश चिनाउन र पर्यटनमा अमुल्य योगदान गर्न सक्ने खालका हुन्छन् । तर यस्तो प्रतियोगिता र प्रदर्शनी नहुँदा धेरैजसो त्यस्ता तस्विर वाहिर आउनै पाउँदैनथिए । पिजे क्लबको यो कार्यक्रमले त्यस्तो शौखिन फोटोग्राफरलाई पनि स्वागत गर्ने भएकाले देशको पर्यटन प्रवर्दनमा प्रतियोगिताको ठूलो योगदान रहनेछ,’ उनले भने । यसैगरी अर्घाखाँची सिमेन्टका वजार प्रमुख अभिनय जैसवालले प्रतियोगितामा जोडिन पाउँदा आफूहरु खुसी भएको बताए । ‘प्रतियोगितामा सहभागिता जनाउने सबैलाई हामी सुभकामना दिन चाहन्छौं । प्रतियोगिता नेपाल निर्माणको अभियानमा सहायक बनोस भन्ने सुभकामना,’ उनले भने । यस आइएमई ग्वोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगितामा ७ सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । गतवर्षको वल्र्डं प्रेस फोटोका निर्णायक मण्डल सदस्य भारतका वरिष्ठ फोटोपत्रकार प्रशान्त पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारद्धय नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा छन् ।

साथै विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, आइएफजे दक्षिण एसियाका संयोजक उज्जवल आचार्य, वरिष्ठ फोटोपत्रकार देवेन्द्रमान सिंह र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य रहेका छन् । विज्ञहरु पहिलो चरणको विधागत जजिङ राउन्डमा सहभागी हुनेछन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.