6 years ago
December 31, 2019
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो सिरिज जुनियर गल्फ बुधबारबाट सुरु हुने भएको छ । नेपाल गल्फ एसोसियसनले फाल्डो सिरिज बुधबारबाट सुरु हुने जनाएको हो । गोकर्ण गल्फ क्लबमा ५४ होलमा आयोजना हुने सिरिज पुस १८ गतेसम्म संचालन हुनेछ ।
निक फाल्डोले १९९६ मा युवा गल्फर खेलाडी उत्पादन गर्ने उद्देश्यले यसको शुरुवात गरेका थिए । अहिले यो सिरिज २७ देशमा आयोजना हुदै आएको छ । सिरिजमा महिला पुरुषका १२ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सिरिजमा साबिकको विजेता तथा १३औं सागका स्वर्णधारी सुवास तामाङसहित २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । रिजमा ४ महिला खेलाडीको पनि सहभागिता रहेको छ । पछिल्लो ६ बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ ।
सिरिजको १७ देखि २१ र १२ देखि १६ वर्षको उमेर समूहको गल्र्स र ब्वाइज विजेताले भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाल्डो सिरिज एसियाको फाइनल चरणका लागि छनोट हुनेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]