6 years ago
January 1, 2020
काठमाडौं (हाम्रो खेललकुद)- १३औं दक्षिण एसयाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्न सफल सुवास तामाङले बुधबादेखि शुरु भएको फाल्डो सिरिज जुनियर गल्फमा अग्रता बनाएका छन्।
गोकर्ण गल्फ क्लबमा पहिलो दिनको खेल सकिदा सुवासले ३ अन्डर ७१ स्कोर गर्दै अग्रता लिन सफल भएका हुन् । रितेश तामाङ ३ अन्डर ७५ स्कोरसहित दोस्रो स्थानमा रहेका छन् । यस्तै १७ देखि २१ वर्षको उमेर समूहमा भारतका अभिराजसिंह चौहानले ४ अण्डर ७६ स्कोरसहित अग्रता बनाएका छन् ।
१५ ओभर ८७ स्कोरसहित सुदिप तामाङ दोस्रो स्थानमा रहेका छन् । १२ देखि १६ वर्ष उमेर समूहमा सद्भाव आचार्यले ६ ओभर ७६ स्कोर बनाएका छन् । शास्वत प्रधानले १८ ओभर ९० स्कोर बनाएका छन् । गल्र्सतर्फ कश्मिरा शाहले १३ ओभर ८५ स्कोर बनाएकी छिन् । प्रतिभा राई र रबिन श्रेष्ठले २१ ओभर ९३ स्कोर जोडेका छन् ।
नेपाल गल्फ एसोसियसनले आयोजना गरेको फाल्डो सिरिज ५४ होलमा पुस १८ गतेसम्म संचालन हुनेछ । निक फाल्डोले १९९६ मा युवा गल्फर खेलाडी उत्पादन गर्ने उद्देश्यले यसको शुरुवात गरेका थिए । अहिले यो सिरिज २७ देशमा आयोजना हुदै आएको छ । सिरिजमा महिला पुरुषका १२ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सिरिजमा साबिकको विजेता तथा १३औं सागका स्वर्णधारी सुवास तामाङसहित २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सिरिजमा ४ महिला खेलाडीको पनि सहभागिता रहेको छ । पछिल्लो ६ बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ ।
सिरिजको १७ देखि २१ र १२ देखि १६ वर्षको उमेर समूहको गर्ल्स र ब्वाइज विजेताले भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाल्डो सिरिज एसियाको फाइनल चरणका लागि छनोट हुनेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]