6 years ago
January 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृती तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिकाका चाागाँउको पाङ्गाचौरमा माघ २ देखि ४ गते सम्म आयोजना हुने बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजक संघले जनाएको छ ।
प्रतियोगितामा तीन विभाग ( नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब) तथा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आइटिएफ, फुक कन्ट्याक्ट कराते र मुआई थाई टोलीका खोडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुष तौल समुहमा ५० केजी, ५५ केजी मुनी, ६५ केजी मुनी, र ६० केजी मुनी र खुल्ला समूहमा प्रतिस्पर्धा हुने छ । महिलातर्फ ५० केजी, ५५ केजी मुनी, ६० केजी मुनी र खुल्ला प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको हरेक तौ समूहको प्रथम हुने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट पुरुष र महिला खेलाडीले रु २५ हजार नगद प्राप्त गर्ने छन् ।
सर्वाधिक स्वर्ण जित्ने टोलीले च्याम्पियन स्वरुप रु एक लाख रुपैयाँ पाउने आयोजक संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । त्यस्तै प्रतियोगितामा दोस्रो हुने टोलीले ५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा झन्डै ३० लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]