6 years ago
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल घोडचढी संघको आयोजनामा छैटौ संस्करणको राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेस्टेरियन च्याम्पियनसिप) अर्कोे साता आयोजना हुने भएको छ । आयोजक नेपाल घोडचढी संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको छैटौं संस्करण पुस २५ गते टुडिखेलमा हुने जानकारी गराइयो । प्रतियोगिता यसपटक संघका महासचिव स्वर्गिय महासचिव बलराम श्रेष्ठको समर्पणमा हुनेछ ।
प्रतियोगिताको तीन विधामा २६ राइडरको सहभागिता रहने संघका अध्यक्ष रवि राज कर्णिकारले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा टेन पेकिङ, सो जम्प र हाइजम्पको विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सबै तीन विधाको विजेताले २० हजार रुपैया हात पार्नेछ । दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
महिलातर्फको सहभागी ६ खेलाडीलाई प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैया प्रदान गरिने अध्यक्ष कर्णिकारले थपे । उनले घोढचडी प्रतियोगिता विभागमै सीमित भइरहेको अवस्थामा पब्लिकका जाने प्रयास भइरहेको बताए ।
‘यो प्रतियोगिता विभागमा मात्रै सीमित हुदै आएको छ । घोडा पाल्न गाह्रो छ । तर पनि हामी पब्लिकमा जाने प्रयास गरिरहेका छौं । पब्लिकमा जान सके फाइदा संघलाई नै हुने हो, अध्यक्ष राजकर्णिकारले भने, ‘हामीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट पनि सहयोग हुने विश्वास छ । इन्टरनेसनल इक्वेस्टेरियन एसोसिएसनको मान्यता पाउन बाँकी छ । यो वर्ष अन्य दुई राष्ट्रले मान्यता पाएका कारण अर्को नोभेम्बरसम्ममा मान्यता पाउन सक्नेछ ।’
अध्यक्ष राजकर्णिकारले प्रतियोगिताको अनुमाति खर्च ९ देखि १२ लाख हुन सक्ने आयोजकले बतनाएको छ । प्रतियोगितालाई टिभिएस मोटर्स, मिचुविसी मोटर्स र कतार एयरवेजले प्रायोजन गरेका छन् । राखेप र भ्रमण वर्ष २०२० अभियानबाट पनि संघले सहयोगको अपेक्षा गरेको छ ।
यस्तै प्रतियोगिताको लागि शुक्रबारै तीन नीजि कम्पनीसँग प्रतियोगिताको लागि सम्झौता भएको छ । टिभिएसबाट सेन्स एन्ड विजनेस डेभलभमेन्टका जनरल म्यानेजर दीपक प्रसाद रौनियार र संघका अध्यक्ष राजकर्णिकारले हस्ताक्षर गर्दै आदान प्रदान गरे । टिभिएसले २ लाख रुपैया उपलब्ध गराउनेछ ।
कतार एयरवेजका सेल्स म्यानेजर सारिक बोगटी र संघका अध्यक्ष राजकर्णिकारले हस्ताक्षर गर्दै आदान प्रदान गरे । कतार एयरवेजले जुनसुकै रुटको हवाइ टिकट उपलब्ध गराउनेछ । मित्सुबिसीका प्रतिनिधि निवास सिंहले सम्झौतामा हस्ताक्षर गरे । मित्सुबिसीले पनि २ लाख रुपैया उपलब्ध गराउनेछ ।
सम्झौतापछि टिभीएसका सेन्स एन्ड विजनेस डेभलभमेन्टका जनरल म्यानेजर रौनियारले कम्पनी नाफामुलक रहेपनि नेपाली खेल क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिने भनेर नै पार्टनरको रुपमा अघि बढेको बताए । उनले टिभिएसले विगत देखि नै खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
कतार एयरवेजका सेल्स म्यानेजर बोगटीले घोडचढी खेलसँग जोडिन पाउदा गर्व महसुस भएको र पछिल्लो समय कतार एयरवेजेले नेपाली फुटबलको मेरुदण्ड सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई पनि मुख्य प्रायोजन गरेको स्मरण गरे । मित्सुबित्सुका प्रतिनिधि सिंहले कम्पनीको सामाजिक उत्तर दायित्व अन्तरगत नै यो प्रतियोगितासँग जोडिएको बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]