default_image

6 years ago

January 9, 2020

न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा, आर्मीको दोस्रो जित

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक न्यु डायमण्ड क्लब र नेपाल पुलिस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा बिहीबार समूह चरणका दुवै खेलमा पराजित हुँदै ढोरपाटन स्पोर्टस क्लब भने जारी प्रतियोगिताबाट बाहिरिएको छ । बिहान पुलिससँग पराजित भएको ढोरपाटन दिउँसो न्यु डायमण्डसँग हारेको थियो ।

पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकालेको थियो । अर्को खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–५,२५–१२ र २५–११ ले हराएको थियो । समूह ‘बी’ मा अब पुलिस र न्यू डायमण्डको नजिताले समूह विजेता र उप विजेताको टुंगो लाग्नेछ । यी दुई टोलीबीच बुधबार चौथो सेटमा पुगेर वर्षाका कारण खेल रद्द भएको थियो ।

बिहीबार नै भएको अर्को खेलमा नेपाल त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई सहजै हरायो । आर्मी २५–१३,२५–१६ र २७–७ ले विजयी भएको थियो । समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो । बुधबार पारामाउन्टलाई हराएको थियो । टप्सको भने यो दोस्रो हार हो ।

पहिलो दिन टोली साविक विजेता नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो । वर्षाका कारण बिहीबार केहि समय खेल प्रभावित भएको थियो । वर्षाका कारण पहिलो दिन तय भएका ४ खेलमध्ये २ खेलमात्र भएका थिए ।

प्रतियोगिता १ दिन पछि परेको छ । अब आइतबार फाइनल हुनेछ । शुक्रबार समूह चरणका बाँकी खेल तथा शनिबार सेमिफाइनल हुने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.