default_image

4 years ago

January 22, 2020

आर्मी क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । मणीमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै साविक विजेता आर्मी अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो । पुरुषतर्फका बाँकी तीन क्वार्टरफाइनल आजै […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । मणीमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै साविक विजेता आर्मी अन्तिम चारमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो । पुरुषतर्फका बाँकी तीन क्वार्टरफाइनल आजै हुनेछन् ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । महिलातर्फ भने आज कुनै खेल छैनन् ।

पुरुष र महिला दुवैतफैको सेमिफाइनल बिहीबार र फाइनल शनिबार हुनेछन् । महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।

पुरुष क्लब च्याम्पियनसिपका आज हुने बाँकी क्वार्टरफाइनलख खेल

  • एपिएफविरुद्ध बुद्ध टोल
  • पुलिसविरुद्ध नयाँ बजार
  • हेल्प नेपालविरुद्ध बुलबुले रारा

April 23, 2024

केएनपी नेरोलेक महिला भलिबल– न्यु डायमन्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]

April 23, 2024

भुवनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर […]

April 22, 2024

सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]

Success

Thank you for your time.