6 years ago
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल पुलिस क्लब पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नयाँ बजार सामाजिक क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा पुलिसले नयाँ बजारलाई २५–११,२५–९ र २५–१२ ले हराएको थियो ।
यसअघि आजैका अन्य खेलमा विजयी हुँदै दुई विभागगिय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ पनि सेमिफाइनल पुगिसकेका छन् । एपिएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले हराएको थियो ।
आर्मीले मणिमुकुन्द भलिबल क्लबलार्य लाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो । रुषतर्फका अन्तिम क्वार्टरफाइनल खेल आजै हुनेछन् ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । महिलातर्फ भने आज कुनै खेल छैनन् । पुरुष र महिला दुवैतफैको सेमिफाइनल बिहीबार र फाइनल शनिबार हुनेछन् ।
महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
पुरुष क्लब च्याम्पियनसिपका आज हुने बाँकी क्वार्टरफाइनलख खेल
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]