6 years ago
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हेल्प नेपाल स्पोर्टस् क्लब अघिल्लो चरण पुगेसँगै आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको सेमिफाइनल सेमिकरण पुरा भएको छ । बुलबुले रारा क्लबलाई बुधबार ३–० को सेटमा हराउँदै हेल्प नेपाल सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो ।
यसअघि तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन् । अब बिहीबार हुने सेमिफाइनलमा दुई विभागिय टोली आर्मी र एपिएफ तथा पुलिस र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले बुलबुले रारालाई २५–१६,२५–२० र २५–१९ ले हराएको थियो । त्यसअघि पुलिसले नयाँ बजार सामाजिक क्लबलाई लाई २५–११,२५–९ र २५–१२ ले हराएको थियो ।
एपिएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले पराजित गरेको थियो । साविक विजेता आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९,२५–१८ र २५–१७ ले माथ दिएको थियो ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । महिलातर्फ भने आज कुनै खेल छैनन् ।
पुरुष र महिला दुवैतफैको सेमिफाइनल बिहीबार र फाइनल शुक्रबार हुनेछन् । महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
बिहीबार क्लब च्याम्पियनसिपका सेमिफाइनल खेल
पुरुषतर्फ
महिलातर्फ
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]