6 years ago
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई ३-० को सेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा विहीबार भएको सेमिफाइनलमा एपिएफले आर्मीलाई २५-२२, २५-२२, २६-२४ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । तेस्रो सेटमा एक समय आर्मी २१-१७ ले अघि रहेपनि उक्त अग्रता कायम गर्न नसक्दा सोझो सेटमा पराजित हुन पुगेको हो ।
दोस्रो सेमिफाइनलमा आजनै पुलिस र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले एपिएफसँग उपाधिको लागि शुक्रबार प्रतिस्पर्धा गर्ने छ । पराजित हुने टोली र आर्मीसँग तेस्रो स्थानको लागि भिड्ने छन् ।
आजनै भएको महिला सेमिफाइनलमा न्यू डायमण्ड र एपिएफ फाइनलमा पुगेका छन् । न्यू डायमण्डले त्रिभुवन आर्मी क्लब र एपिएफले नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । महिलाको फाइनल पनि शुक्रबार हुने छ ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करण हो । प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]