default_image

6 years ago

January 25, 2020

खेलकुद महोत्सव गर्दै नाइटिङगेलको वार्षिकोत्सव सम्पन्न

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न खेलकुद तथा संस्कृतिक कार्यक्रम गर्दै नाइटिङगेल स्कुलले आफ्नो २७औ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

ललितपुरको लगनखेलस्थित आर्मी खेल मैदानमा नाइटिङगेल स्कुलले विभिन्न सांस्कृतिक तथा खेलकुदको कार्यक्रम आयोजना गरि आफ्नो २७औ वार्षिकोत्सव मनाएको हो । महोत्सवका क्रममा कक्षा चार देखि कक्षा दश सम्मका विधार्थी एथ्लेटिक्स तर्फका चार गुणा चारको रिले दौडमा भाग लिएका थिए । जस्मा पुरुष तर्फ ब्लु हाउसले र महिला तर्फ ग्रिन हाउसले पहिलो उपाधी हारतपारे । पुरुषतर्फ ग्रिन हाउस दोस्रो तथा एलो हाउस तेस्रो भएका थिए ।

यस्तै महिला तर्फ ब्लु दोस्रो तथा रेड हाउस तेस्रो स्थान हातपारे । बिजेत खेलाडीले मेडल सहित प्रमाण पत्र जिते । उक्त दौडमा पुरुष र महिला गरि ३२ खेलाडीको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष एवं माननीय सांसद तेजुलाल चौधरीले अब आउने एसइइ परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु.२५ हजार र सम्मान पत्र तथा कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई नगद रु. ५० हजार र सम्मागनपत्र प्रदान गरिने घोषणा गरे । यसका साथै उनले शिक्षकहरुका लागि पनि नगद रु २५ हजार पुरस्कार दिने घोषणा गरे। उनले भने, ‘विद्यार्थीहरुलाई मात्रै नभइ शिक्षक साथीहरुले पनि एउटा टार्गेट पूरा गरेमा नगद रु २५ हजार र सम्मान पत्र प्रदान गर्नेछौ।’

अध्यक्ष चौधरीले शिक्षा नै ज्योातिको मुहान भएकाले शिक्षामार्फत आफूमा भएको कला र कौशललाई चिनेर अगाडि बढाउन नाइटिङगेल कलेज सधै र सदैव तत्पर रहेको बताए। उनले भने, ‘नाइटिङल स्कुल विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र पहिचान गरी उनीहरुलाई सोही अनुसारको वातावरण दिन कुनै कसर बाँकी राख्दैन । हामी यही प्रतिवद्धता अभिभावहरुसँग गर्न चाहन्छौ । ‘

नाइटिङगल स्कुलका विद्यार्थीहरु राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा समेत विज्ञान प्रविधि, कला साहित्य लगायत खेलकुदमा समेत अब्बल भइ योगदान दिइरहेकाले अबका दिनमा पनि सोही सक्षमता कायम राख्ने विश्वासस रहेको बताए । वार्षिकोत्सवमा मार्च पास, विभिन्नद सांस्कृतिक झाँकी, धार्मिक सम्पदा, कला कौशल नृत्य देखाइनुका साथै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

Success

Thank you for your time.