default_image

6 years ago

January 25, 2020

पाल्पामा विजय दौड – नरेन्द्रलाई हाफ म्याराथन उपाधि

124 views

0 Bookmark

मनोरञ्जन शर्मा, पाल्पा

‘विजय दौड’ हाफ म्याराथनको उपाधि नेपाल सेनाका नरेन्द्र सिंह रावलले (गणेश दल गण) जितेका छन् । पाल्पा तानसेनमा शनिबार भएको दौड १ घन्टा १६ मिनेट ९ सेकेन्डमा पुरा गर्दै नरेन्द्रले हाफ म्याराथनको उपाधि जितेका हुन् । रुकुम मुसिकोटका दुर्गा राज बुढाले १ घन्टा १८ मिनेट ३० सेकेण्डमा दुरी पुरा गर्दै दोश्रो स्थान हासिल गरे ।

सेनाका सुभाष कार्की (नारायण दल गण, गोरुसिंगे) ले १ घन्टा १८ मिनेट ३५ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए । शिव बहादुर रायमाझी (खडगदल गण) ले १ घन्टा १८ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरे चौथो भए । नरेन्द्रले ५०, दुर्गाराजले ३०, सुभाषले १५ र शिवले ५ हजार रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा २ महिला सहित १ सय ७७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

५ किमि छात्र तर्फको उपाधि भक्तपुरका सागर श्रेष्ठले जिते । सागरले १९ मिनेट १ दशमल ६ सेकेण्डमा दौड पुरा गरे । काठमाण्डौका युनिश सारु मगर (१९ मिनेट १३ सेकेण्ड) दोस्रो, काठमाण्डौकै प्रविण बोहरा (१९ मिनेट २१ दशमलब १५ सकेकेण्ड) तेस्रा र महोत्तरीका नारायण कुमार कुशवाहा (१९ मिनेट २४ दशमलब ६ सेकेण्ड) चौथो भए ।

५ किमी छात्रा तर्फ प्युठानकी छुमी बुढा मगरले २२ मिनेट ५० दशलमब ८७ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जितिन् । प्युठानकै खिमा सेरचन (२६ मिनेट २७ सेकेण्ड) दोस्रा, जनता मावि तानसेनकी सञ्जु गाहा (२७ मिनेट ४९ दशमलब २५ सेकेण्ड) तेस्रा र अमृत मावि पाल्पाकै सपना सारु ( २८ मिनेट ४ दशलमब ४८ सेकेण्ड) चौथो भइन् ।

छात्रा/छात्र दुवै तर्फ विजेताले समान २०, दोस्रोले १०, तेस्रोले ५ हजार र चौथोले २ हजार रुपैयाँ प्राप्त गरे । ५ किमी दौडमा ४९ छात्र सहित २ सय २४ जनाले प्रतिस्पर्धा गरेका थिए । वाकाथुन अन्तरगत ३ किमी दौड २ सय भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विजेतालाई नेपाली सेना श्री नम्बर २२ बाहिनी अड्डा का बाहीनि पति सहायक रथी सुदर्शन सिलवाल, प्रदेश ५ का सांसद बिर बहादुर राना, डा. पुरण बज्राचार्य, नारायण आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोक शाही, जिल्ला समन्वय समिति पाल्पाका उप प्रमुख मिरा मरासिनी , गोरखदल नागपोखरी ब्यारेकका गणपति तथा प्रमुख सेनानी सुरज थापा लगायतले पुरस्कृत गरे ।

दुई विदेशी पनि सहभागी

अंग्रेज संगको युद्धमा नेपाललाई विजयी बनाएका पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाको संझना गर्दै आयोजना भएको विजयी दौडमा दुई विदेशीले पनि भाग लिएका थिए । बेलायती नागरिक डेनियल जेम्स बिचम्यान र जापानीज दाइसके अगुराले विजयी दौडको हाफ म्याराथनमा प्रतिस्पर्धा गर्दै दौड पुरा गरेका थिए ।

नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै श्री गोरखदल गण तानसेन र पाल्पा जिल्लाका स्थानीय तहहरुको संयुक्त आयोजनामा सम्पन्न विजयी दौडलाई सबैको सहयोग र सहकार्य भए निरन्तर आयोजना गर्ने सोच बनाईएको गोरखदल गणका प्रमुख सेनानी तथा गणपति सुरज थापाले बताए ।

विजयी दौड मार्फत यस क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने भएकाले यसलाई ब्रान्डका रुपमा लैजानु पर्ने विजयी दौड कार्यक्रमका सहयोगी एबं तानसेन नगर पालिका वडा नम्बर ६ का वडाध्यक्ष सागर महर्जनले बताए ।

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

Success

Thank you for your time.