default_image

4 years ago

January 26, 2020

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक केसी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । फिलिपिन्सको मनिलामा १९७३ […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो ।

कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । फिलिपिन्सको मनिलामा १९७३ मा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा केसीले कांस्य जितेका थिए ।

पहिलो वार्षिक खेलकुद दिवसमा कखराले करातेका पर्शुराम बाँस्तोलालाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण पनि गरेका थिए ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.