6 years ago
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड २०७५ फागुन पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको १४औं संस्करण फागुन ६ गते मंगलबार काठमाडौंको बसन्तपुरमा हुने जानकारी गराएको हो ।
आयोजकले २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्सलाई आधार मानी उत्कृष्ट खेलाडी छनोट गरी अवार्ड प्रदान गरिने जानकारी गराएको छ । एसियन गेम्समा विभिन्न २८ खेल समावेश थियो । हरेक खेलबाट १–१ जना उत्कृष्ट महिला र पुरुष खेलाडी छनोट गरिनेछ । उनीहरुले समान १० हजार रुपैया पाउनेछ ।
यस्तै एनएनआइपिएले यसपटकदेखि पारा खेलकुदतर्फ पनि एक जना छनोट गरिने जनाएको छ । पारा खेलकुदको पनि उत्कृष्ट खेलाडीले १० हजार रुपैया पाउनेछन् । यस्तै अवार्ड कार्यक्रममा विगतको जस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडी सम्मानलाई निरन्तरता दिएको छ ।
आदर्श खेलाडीबाट सम्मानति हुने खेलाडीले ३५ हजार रुपैया हात पार्नेछ । एक जना खेलपत्रकार २५ हजार रुपैयासहित पुरस्कृत हुनेछ । गतवर्षदेखि शुरु भएको उत्कृष्ट खेलाडीहरुको पनि उत्कृष्टबाट महिला र पुरुष १–१ जनाले समान १ लाख रुपैया प्राप्त गर्ने एनएनआइपिएले जनाएको छ । गतवर्ष यो पुरस्कारको प्रायोजन जनता बैंकले गरेको थियो ।
यसपटक जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपनि सो पुरस्कार निरन्तर रहेको छ । ग्लोबल आईएमई बैंकका सिएसआर म्यानेजर छविलाल हुमागाईंले गतवर्ष देखि शुरु भएको यो पुरस्कारले निरन्तरता पाउने बताए । गतवर्ष पुरुषतर्फ भारोत्तोलनका कमल बहादुर अधिकारी र महिलामा कराँतेकी अनु अधिकारी उत्कृष्टबाट पनि उत्कृष्ट भएकी थिइन् ।
बैंकका म्यानेजर हुमागाईले खेलसँग जोडिन पाउँदा खुशी रहेको र संघको आगमी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यसवर्ष भलिबलको महिला र पुरुष भलिबल टोलीलाई जनही १–१ लाख प्रदान गरिने घोषणा गरे ।
काठमाडौं महानगरपालिकाका हेड अफ सोसियल डेभलभमेन्टका सनत थापाले खेलाडी राष्ट्रको गहना रहेको बताए । खेलाडीहरुलाई उत्साह थप्न राज्य र विभिन्न निकाय काठमाडौं महानगरपालिका सहयोग गर्न प्रतिबद्व रहेको थपे ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले अवार्डबाट खेलाडीहरुलाई थोरै भएपनि खुशी बनाउने प्रयास गरिएको र अवार्डलाई राम्रो बनाउने प्रयास रहने बताए । उनले अवार्डसँग सहयोगी हातहरु समेत जोडिदै आएको बताए । अवार्डमा करिव १७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
एनएनआइपिए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फ
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]