default_image

6 years ago

January 30, 2020

प्रधान सेनापति म्याराथन विजेतालाई मोटरसाइकलसहित १ लाख २५ हजार

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाले आयोजना गर्नै पाँचौ संस्करणको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पाँचौ संस्करण फागुन ३ गते हुने जानकारी गराएको हो ।

सेनाले विगत चार वर्षयता महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर म्याराथन आयोजना गर्दै आएको छ । प्रतियोगितामा पुरुषको फुल म्याराथन, महिला र पुरुषको हाफ म्याराथन, १० किमिको सैनिक सहचारी, सैनिक अधिकृत र गैर सैनिकको महिला र पुरुष दौडमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमीको दौड हुनेछ ।

म्याराथनमा पहिलो हुने खेलाडीले १ लाख २५ हजार रुपैयासँगै एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैठौले १० हजार, सातौले ७ हजार, आठौंले ५, नवौंले ३ र दशौँले २ हजार पाउने छन् । हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाउनेछन् ।

हाफ म्याराथनको ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार पाउनेछ । १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र पाँच हजार पाउने छन् । पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार पाउने छन् ।

सैनिक शारीरिक तथा खेलकुद केन्द्रका केन्द्रपति शशि किरण रायमाझीले नेपाल भ्रमण २०२० लाई लक्षित गरिएको र यसपटक करिव ५ हजार धावक दौडने जनकाी गराए । म्याराथन भद्रकालीस्थित जंगी अड्डाबाट शुरु भएर जगातीबाट फिर्ता हुदै नारायण गोपाल चोक हुदै भद्रकाली आएर टुंगनेछ । हाफ म्याराथन भद्रकालीबाटै शुरु भएर कोटेश्वरबाट नारायण गोपाल चोक हुदै भद्रकाली पुगेर टुंगिनेछ ।

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

Success

Thank you for your time.