6 years ago
February 18, 2020
बुटवल (हाम्रो खेलकुद) –बुटवलमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा मंगलबार भएको वोमन्स सिगलतर्फ भगवती विकले प्रिति गौतम, सलोनी तामाङले रुसाली श्रेष्ठ, प्रकृति श्रेष्ठले अलिसा श्रेष्ठ र ईन्द्रकला श्रेष्ठले पुजा अर्याललाई समान ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन्।

मेन्स सिगलतर्फको खेलमा रितिक रानाले अन्जन थेन्जुलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन् । यसैगरि मेन्स डबल्सतर्फको खेलमा भिष्म काउचा र रितिक रानाको जोडीले सन्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–३ तथा सम्यकबिक्रम बज्राचार्य र निरज गुरुङको जोडीले निशान श्रेष्ठ र अन्जन थेन्जुको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको छ।
यसैगरि ३५ वर्ष प्लस उमेर समुहमा कमल भण्डारीले राजन पौडेललाई ६–१, ६–१ को सोझो सेट, सन्जय प्रसाद श्रेष्ठले सबिर मियालाई ६–०, ६–२ को सोझो सेट, राजु श्रेष्ठले अर्जुन गुरुङलाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेका छन्। रामु बिक वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेका छन् ।
यसैगरि ३५ वर्ष उमेर समुहको डबल्सतर्फ सरण गुरुङ र राजन पौडेलको जोडीले अनिल सेन्चरी र शेषमणीको जोडीलाई ६–०, ६–१ तथा राजु श्रेष्ठ र दुर्गा केसीको जोडीले सोम राना र सबर मियाको जोडीलाई ६–०, ६–० तथा सुकमान तामा र अन्जन बानियाको जोडीले प्रेम थापा र असोक गुरुङको जोडीलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको छ। यसैगरि कमल भण्डारी र चन्द्र शाही वाकओभर पाएका छन् ।
यसैगरि ४५ वर्ष उमेर समुहको डबल्सतर्फको खेलमा गोपी भट्टराई र धर्मसिह लामिछानेको जोडीले अर्जुन गुरुङ र गोपाल ज्ञवालीको जोडीलाई ६–०, ६–१ तथा उत्तम बोगटी र सुर्य भुजेलको जोडीले नबिन चालिसे र धर्म कोईरालाको जोडीलाई ६–४, १–६, १०–७ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
यसैगरि ५५ वर्ष उमेर डबल्समा राजु गुरुङ र बसन्त प्रधानको जोडीले राजेन्द्र घिमिरे र कर्ण तामाङको जोडीलाई ७–५, ६–७, १०–२ तथा मनोज राना र धु्रव गुरुङको जोडीले अब्दुल सहमद र मनोज बस्नेतको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको छ। राजु गुरुङ र बसन्त प्रधानको जोडीले मनोज राना र धु्रव गुरुङको जोडी बिच उपाधि भिडन्त बुधबार हुने छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]