6 years ago
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– न्यु जावलाखेल तेक्वान्दो डोजाङले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता निशा दर्नाललाई नगदसहित सम्मान गरेको छ ।

डोजाङले गत मंसिरमा स्वदेशमा सम्पन्न १३औं सागमा स्वर्ण विजेता तेक्वान्दोकी निशालाई नगदसहित सम्मान गरेको हो । आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो । प्रदेश–३ का सांसद राजकाजी महर्जन र डोजाङ प्रमुख थानेश्वर दर्लामीमगरले स्वर्ण विजेता निशालाई ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।
निसाले १३औं सागमा महिला टिम पुम्सेतर्पm १७ देखि २३ वर्ष उमेर समूहमा नेपाललाई स्वर्ण दिलाएका थिइन् । निसासहित स्वस्तिका तामाङ र सन्जिला तिमिल्सेनको टोलीले स्वर्ण दिलाएका थिए । सोही कार्यक्रममा १३औं सागमा नेपाललाई सर्वाधिक स्वर्ण दिलाउन सफल नेपाली तेक्वान्दो टोलीका प्रशिक्षकहरू नवीनकुमार श्रेष्ठ, टीकाप्रसाद लिम्बु, नोर्बु लामा, हिराबहादुर थापा, संगीना वैद्य र दीपक बिष्टलाई सम्मान गरिएको थियो ।
गत सागमा नेपालको तेक्वान्दोले कुल १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी कुल २९ पदक जितेको थियो । जसमा नेपालले पुम्सेतर्पm सात स्वर्ण, एक रजत र पाँच कांस्य तथा फाइटमा पाँच स्वर्ण, पाँच रजत र ६ कांस्य पदक जित्न सफल भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]