default_image

6 years ago

March 28, 2020

‘यो हाम्रा लागि पनि परिक्षणको घडी हो ‘

195 views

0 Bookmark

दिपक विष्ट

कोराना भाइरस कोभिड १९ को महामारीले विश्वको अधिकांश देशमा असर पारिरहेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेका सख्या बढी रहेको छ । यो मानव सभ्यताकै लागि निकै चुनौतीपूर्ण अवस्था रहेको छ । कोरोनाको संक्रमण फैलन नबढोस् भन्नका लागि विभिन्न देशले लकडाउन गरेको छ । नेपालमा पनि लकडाउन भएको पाँचौं दिन भइसकेको छ ।

अहिले सम्म नेपालमा यसको ठूलो असर दिखिसकेको छैन । तर यो बीचमा ४ जनालाई कोराना पोजेटिभ भेटिनुले हाम्रा लागि पनि यो भाइरस चुनौतीपूर्ण रहेको बुझ्न सकिन्छ । यस्तो महामहारी हामीले आफ्नो जीवनमा पहिलो पटक भोगिरहेका छौं । अब आउने दिन कत्ति चुनौतीपूर्ण झन अहिले यसै भन्न सकिने अवस्था छैन । कल्पना पनि नगरिएको यो महामारीले हामी र हाम्रो सरकारलाई ठूलो चुनौति थपिदिएको छ ।

संसारका विकसित युरोप त्यसमा पनि विशेष गरि इटाली , स्पेन जस्ता स्थास्थ्य सुविधा भएका देशलाई पनि मृत्युदर अत्याधिक भएको छ । चीनबाट सुरु भएको कोरोनाले अहिले त्यहाँ भन्दा बढी असर इटाली र स्पेनमा परेको छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई यसले ठूलो क्षती पुराइरहेको छ । यसरी हेर्दा यो भाइरसले संसारलाई नै एकपटक अन्धकारतिर धकेलेको हो कि भन्ने भान हुन्छ ।

नेपालमा अहिले संक्रमणले ठूलो रुप लिइसकेको छैन । तर, हामीले सवाधानी अपनाउन सकेनौं भने यसले संक्रमण फैलदिन भन्ने हुँदैन । सम्भावित संक्रमणलाई टार्नका लागि सरकारको प्रयासमात्र पर्याप्त हुने छैन । हरेक व्यक्तिले सचेत हुन जरुरी छ , विश्व स्वास्थ्य संगठनले स्वास्थका लागि जारी गरेको सन्देश र संक्रमण फैलन नदिन सरकाले चालेको कदमको हामीले जिम्मेवार नागरिक भएर पालना गर्नुपर्दछ ।

यो हाम्रा लागि पनि परिक्षणको घडी हो । देश र आफ्नै लागि आइ परेको चुनौतीको सामना गर्न सरकार, समाज र आफुप्रति कत्ति जिम्मेवार छौं भन्ने देखाउने समय पनि हो । यो अवस्था संसारभर रहेको कसैका लागि पनि सहज समय होइन । कोरोनाले हामीलाई असर गर्दै भन्ने गल्ति हामी कसैले गर्नु हुँदैन भन्ने सुरुमा इटाली जस्तो देशले यसमा देखाएको उदासिनता र अहिले त्यसको असर हेरेर मनन गर्न सक्छौं । महामारीले विकसित वा विकासोन्मुख राष्ट्र भन्ने नहुने रहेछ ।

यो महामारीबाट हामीले थ्रुपै कुरा अनुभव र सिक्ने मौका पनि पाएका छौं । व्यक्तिगत स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने एकपटक सोच्न बाध्य बनाएको छ । हामीले इटाली वा स्पेनको जस्तो क्षेति बेहोर्न नपरोस भन्नका लागि सावधानी अपनाउनु बाहेकको विकल्प हामीसँग छैन । सरकारले घोषणा गरेको लकडाउनको पालना गर्ने क्रममा घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने , व्यक्तिगत सरसफाइमा ध्यान दिने र पटक पटक साबुन पानीले हात गर्नुपर्दछ । यसमा पटक्कै पनि हामीले हेलच्याक्राई गर्न हुँदैन । सरकारको निर्देशनलाई हामी सबैले पालना गर्ने हो भने पनि यो संक्रमणबाट हामी टाढा रहनसक्छौं ।

यो समयलाई अर्को हिसाबले हेर्ने हो भने हामीले आफ्नै घर र परिवारलाई समय दिन लगभग बिर्सिसकेको जस्तो भइसकेको थियो । सधै कुनै न कुनै कारण व्यवस्त हुने हाम्रो दैनिक थियो । त्यसमाथि सहर बसाई र जीविकाका लागि पनि संघर्ष गर्नुपर्ने अधिकांशको अवस्था उस्तै जस्तो छ । यसलाई कुनै पर्व जस्तोको समय सम्झेर परिवारसँग रमाउन सकिन्छ ।

हरेकले व्यक्तिगत अनुशासन कायम गर्ने हो भने यो समस्याबाट मुक्त हुन सकिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । कतिपयले यो समयलाई मद्यपान गरेर समय बिताएको पनि सुनिएको छ । यसले हाम्रो आदत बिर्गन सम्भावना रहन्छ । त्यसले परिवारमै विस्तारै अवसर पर्न सक्छ । शरीरको इम्युनिटी पावरलाई पनि विस्तारै घटाउँदै लानसक्छ । यति बेला हामीले सरकार , विशेषज्ञहरुको सुझावलाई ध्यान दिएर त्यहि अनुसार आफ्नो खानपान र व्यवहारलाई परिवर्तन ल्याउन सके त्यसले विस्तारै आदत बन्न सक्छ ।

व्यक्तिगत जीवनलाई अनुशासित बनाउनका लागि यो एउटा मौका पनि हो । शारीरिक व्यायम र योगा हरेक व्यक्तिको स्वास्थका लागि फाइदाजनक हुन्छ । बानी नभएकाले पनि यो फुर्सदको समयमा शारीरिक व्यायम र योगाका लागि बानी गराउने अवसर पनि हो । यो बेलामा भान्सामा काममा सघाउने, अहिले इन्टरनेटले पनि हामीलाई समय बिताउन सहज भएको छ, टेलिभिजन हेर्ने, पुस्तक पढ्ने बानी गर्दा पनि विस्तारै हाम्रो आदत बदलिन सक्छ । परिस्थिति अनुसार हामीले पनि आफुलाई बदल्नु पर्ने यो महामारीले सिकाएको छ ।

यस्तो समयमा मनोबल कमजोर भयो भने त्यसको असर पुरै परिवारमा पर्न सक्छ । त्यसैले मनोबल दह्रो बनाउने र अरुलाई पनि हौसला दिने हाम्रो प्रयास हुनुपर्दछ । यो समयलाई सकारात्मक कामका लागि खर्च गरौं । म तेक्वान्दो खेलाडी र प्रशिक्षक भएका नाताले सबैलाई कम्तीमा दिनमा १ घन्टा आफ्नो लागि दिनुपर्दछ भने सुझाव दिन चाहन्छु । शरीरबाट परिसना नस्कने गरि अभ्यास गर्न सकेको खण्डमा त्यसले फुर्तिलो बनाउनुका साथै स्वस्थ्य रहन मद्दत गर्दछ ।

अहिलेको समयमा युटुब्य र इन्टरनेटका माध्यबाट हामीले अभ्यासका लागि विभिन्न उपाय देख्न सक्छौं । नाँचेर पनि हामी पसिना निकाल्न सक्छौं । डाक्टरहरुका अनुसार पनि दैनिक अभ्यासले स्वास्थ्यलाई फाइदा गर्दछ । अहिले हाम्रो देशमा पनि खेलकुद गतिविधि ठप्प छ । यस्तोमा हामीले राष्ट्रिय टोलीका खेलाडीसँग नियमित सम्पर्कका लागि ग्रुप च्याट बनाएका छौं । त्यसमार्फत हामी खेलाडीलाई प्रशिक्षण योजना दिने गरको छौं । जसले गर्दा खेलाडीले घरमै रहेको अवस्थामा पनि आफ्नो अभ्यासलाई निरन्तरता दिन सकुन् भन्ने हो ।

अनि हरेक साँझ हामी खेलाडीको जानकारी लिने गरेका छौं । यो हामी हरेक दिन अभ्यास गरिरहेका छौं । राष्ट्रिय टोली र मैले हेर्ने अर्को त्रिभुवन आर्मी क्लबको तेक्वान्दो टोलीका खेलाडीले जहाँ रहेर पनि प्रशिक्षणलाई निरन्तरता दिइरहेका छौं । म अन्य खेलका खेलाडी र प्रशिक्षणलाई पनि त्यो उपाय अपनाउन सुझाव दिन्छु । मलाई लाग्छ धेरैले यो अभ्यास गर्नुभएको हुनुपर्दछ । अन्त्यमा , पहाम्रा लागि सरकारले लिएको यो लकडाउनको अवधिमा अनुशासित रहि दिएको सुझावको पालना गर्न सबैमा एक पटक फेरि आग्रह गर्न चाहन्छु ।

लेखक विष्ट तेक्वान्दोका ओलम्पियन तथा दक्षिण एसियाली खेलकुद (साग) को चार पटकका स्वर्ण पदक विजेताका साथै एसियाली खेलकुदका दुई पटकका कास्य पदक विजेता हुन् । उनी मेन्टर इन्स्टच्युटका ब्रान्ड एम्बसेडर हुन् । 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.