default_image

6 years ago

April 22, 2020

भलिबल नै प्रतिभाको जिन्दगी

231 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक ।

संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब नेपाल) ने राष्ट्रिय खेलाडीको ठूलो हिस्सालाई संरक्षण गरेको छ । तर, विभागमा नगएर पनि प्रशिक्षणलाई निरन्तरता दिन सकिने अवस्था हुँदै नएको भने होइन ।

राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य मध्येकी प्रतिभा माली विभागको प्रस्तावलाई अस्वीकार गरेर पनि खेल जीवनलाई अघि बढाइरहेकी छिन् । ‘मलाई अन्य विभागमा त जाने इच्छा नै भएन’, उनले भनिन्, ‘आर्मीले बोलाउँदा जाउकी भन्ने लागको थियो । तर पछि फेरि गइन् । क्लब छाडेर जानै मन आएन ।’

प्रतिभा त्यहि क्लबकी उत्पादन हुन् जसले राष्ट्रिय टोलीमा समेत आफ्ना उत्पादन निरन्तर दिइरहेको छ । त्यो क्लब हो पहिला एकेडेमी हुँदै अहिले क्लबमा रुपान्तरित न्यू डायमण्ड क्लब । प्रतिभासहित सलिना अहिले राष्ट्रिय टोलीमा छन् । न्यू डायमण्डकै उत्पादन रेश्मा भण्डारी अहिले राष्ट्रिय टोली र एएिपफबाट खेल्दैछिन् । अमेरिका बसोबास गर्दै आएकी पूर्व राष्ट्रिय खेलाडी रमिला तन्डुकार र एपिएफकी लिबेरो मनीषा तामाङ पनि न्यू डायमण्डबाटै हुर्किएकी खेलाडी हुन् । अघिल्लो साता मात्र आर्मीको सेकेन्ड लेफ्टिनेन्ट कोर्ष पूरा गरेकी कृपा अधिकारीले राष्ट्रिय टोलीको यात्रा तय गरिसकिन् ।

नियमित प्रशिक्षणको लोभ वा आर्थिक कारणले प्रतिभाले विभाग रोज्नु परेन । पुरानौ नैकापमा रहेको न्यू डायमण्डमा प्रशिक्षक कुमार राईले नियमित प्रशिक्षण दिँदै आएका छन् । अहिले पनि क्लब न्यू डायमण्ड एकेडेमीका विधार्थी नियमित प्रशिक्षण गर्छन् । सोही एकेडेमीबाट एसएलसी उर्तिण गरेकी प्रतिभा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । तर, पनि उनी क्लबमा नियमित अभ्यास गर्न पुग्छिन् ।

पछिल्लो तीन महिनायता भने उनको दैनिकी बदलिएको छ । कलेज र प्रशिक्षण सबै बन्द छ । अरुका लागि कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो महिना दिन देखिको लकडाउनका कारण दैनिकी बदलिएको हो । प्रतिभाको भने माघबाट नै दैनिकी फेरिएको छ । घुँडाको शल्यक्रियापछि अहिले उनी चोटमुक्त हुने प्रयासमा रहेकी छिन् ।

महिला भलिबल टोलीले प्राप्त गरेको अहिलेसम्मकै दुई ठूला सफलताको महत्वपूर्ण सदस्य रहेकी प्रतिभालाई खेल जीवनमा सबैभन्दा ठूलो र गम्भिर चोट माघ १० गते क्लब च्याम्पियनसिपको फाइनलका दौरान लागेको थियो । एपिएफविरुद्धको फाइनलका दौरान ल्यान्डिङ नमिल्दा उनको घुँडामा गम्भिर चोट लागेको थियो । त्रिपुरेश्वस्थित ब्लुक्रस अस्पतालमा दुई साता भन्दा लामो सयमको बसाईं र शल्यक्रियापछि प्रतिभा घर फर्केकी थिइन् ।

अहिले उनी विना वैशाखीको सहाराबिनै हिड्ने अवस्थामा पुगेकी छिन् । लकडाउनका कारण नियमित फिजियोकोमा जान मिलेको छैन । बेला बेला फिजियोथेरापिष्टले घर आएर फिजियो गराएर जाने गरेका छन् । घरमै आराम गरिरहेकी प्रतिभालाई लकडाउनका कारण समय बिताउन साथीहरुको साथ पनि मिलिरहेको छ ।

नेपाली भलिबलका लागि दूर्भाग्य नै मान्नुपर्छ प्रतिभा पनि एपिएफकी नेविका चौधरी, सरस्वती चौधरी र पछिल्लो पटक कप्तान विनिता बुढाथोकीलाई पनि चोट लागेको छ । गत वर्ष संख्यात्मक रुपमा निकै घरेलु प्रतियोगिता परेकाले पनि खेलाडीहरुले आवश्यकता अनुसारको विश्राम नपाएको जसका कारण धेरै खेलाडीलाई चोट लागेको भन्नेहरु छन् । अझै राष्ट्रिय टोलीका खेलाडीले झनै बढी समय कोर्टमा बिताएका थिए ।

असोजमा प्रशिक्षणका लागि बैंकक गएको टोलीले कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो । त्यसपछि मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । ३५ वर्षे साग इतिहासमा बोेकेका सागमा महिला टोलीले रजत पदक जितेको त्यो पहिलो पटक थियो । त्यहि फाइनलका दौरान नेपालले भारतमाथि २ सेट जितेको थियो । त्यो पनि नेपालको भलिबल इतिहासमा ठूलो सफलता मान्नुपर्दछ । ती सबै सफलताको मुख्य खेलाडीमध्ये प्रतिभा एक हुन् ।

ठूला सफलताको हिस्सा हुनुमा खुसी लागेको जनाउँदै प्रतिभाले भविष्यमा अझै मेहनत गर्न सकेको खण्डमा भारतलाई हराउन सक्ने सम्भावना देखिएको बताइन् । ‘जहिले पनि हामी भारत भन्दा कमजोर छौं भन्ने लाग्थ्यो । तर यसपटक फाइनलमा हामीले जसरी खेल्यौं त्यसको आधारमा मान्ने हो भने भविष्यमा हामी भारतलाई हराउन पनि सक्छौं,’ उनले भनिन् ।

प्रतिभा पनि लगातारको प्रतियोगिता र अभ्यासका कारण आफुसहित अन्य खेलाडी घाइते भएको हुन सक्ने अनुमान गर्छिन् । ‘लगातार प्रतियोगिताले खेलाडीलाई दबाब त पर्छ नै गत वर्ष हामीले लामो समय कोर्टमै बितायौं । सायद त्यसको असर पनि हुन सक्छ,’ उनले भनिन् ।

चोट लागेपछि प्रतिभाले भने दुई महिनामा ढोरपाटन डबल महिला लिगसहित घरेलु अन्य प्रतियोगिता गुमाउनु परेको थियो । उनले यो बीचमा भलिबल भने निकै मिस भएको सुनाईन् । ‘सधैं कोर्टमा व्यस्त हुनुपर्ने मान्छे घरमा सिमित भएर बस्नु पर्दा गाह्रो त भएको हो । तर, खेलाडीको जीवनमा उतारचढाव त हुन्छ नै,’ प्रतिभाले सुनाइन् ।

सोचे जस्तै चोटमुक्त हुन सकेको खण्डमा अबको नौ महिनामा कोर्टमा फर्कने विश्वास लिएकी प्रतिभाले भविष्यमा पनि भलिबलमै रहने इच्छा दोहोराएकी छिन् । ‘अहिलेको लागि त कोर्टमा फर्कने र जहिले सम्म सक्छु खेल्नु भन्ने नै सोचाई छ’ , उनले थपिन्, ‘खेल जीवन पछि पनि म भलिबलबाट टाढा हुने छैन । प्रशिक्षक, रेफ्री वा अन्य कुनै भूमिकामा म भलिबलमै रहन चाहन्छु । आफ्नो अनुभव यहि खेलमा लगाउन चाहन्छु ।’

साग लगत्तै माल्दिभ्स पुगेर त्यहाँको पुलिस टोलीलाई लिग च्याम्प्यिन बनाएर फर्केकी प्रतिभाले गत वर्ष नेदरल्यान्ड्सको एउटा भलिबल क्लबमा तीन साता अभ्यासको मौका पाएकी थिइन् । भौतिक पूर्वाधार र प्रशिक्षणका हिसाबले नेदरल्यान्ड्स धेरै माथि रहेको अनुभव सुनाउँदै नेपालमा पनि त्यहि स्तरको पूर्वाधार र प्रशिक्षण बनाउन सकेको खण्डमा भलिबलमा धेरै प्रगति गर्न सक्ने विश्वास लिएकी छिन् ।

‘पहिला भन्दा हाम्रोमा पनि राम्रो गर्ने प्रयास भएको छ,’ उनले थपिन्, ‘तर हामीका त्यस्तो साधान श्रोत छैन । जति युरोपमा देखे । त्यहाँको जस्तो हाम्रोमा हुने हो भने हामी यो भन्दा निकै माथि जान सक्छौं । ‘ जति सक्दो छिटो ठिक भएर कोर्टमा फर्कने इच्छा रहेको सुनाइउँदै प्रतिभाले भलिबललाई माया गरिराख्न सबै खेल प्रेमीलाई आग्रह पनि गरेकी छिन् । यो कोराना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले दिएको निर्देशन पालना गर्न पनि अनुरोध गरेकी छिन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.