6 years ago
May 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता प्रेमबहादुर लिम्बुको पुम्से पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से अन्तर्गत सर्वाधिक लोकप्रिय विधाको मनोनयमा परेको छ ।

जर्मनीमा केहि दिन अघि च्याम्पियनसिपको ३० वर्ष मुनिको प्रतिस्पर्धामा सागका अन्य पदक विजेता कमल श्रेष्ठ र जितबहादुर बोटेले पनि प्रतिस्पर्धा गरेका थिए । कमल शीर्ष २२ र प्रेम शीर्ष २४ मा तथा जित ३७ औं स्थानमा रहन सफल भएका थिए ।
फेसबुकमा अपलोड गरिएको मध्य सबैभन्दा बढी दर्शकले हेरेको भिडियोलाई विजेता घोषित गरिने प्रेमका प्रशिक्षक लक्ष्मण ऐर क्षेत्रीले जानकारी दिए । मे २० सम्म सबैभन्दा बढी दर्शकले हेरिने पुम्से विजेता बन्नेछ । सोमबारसम्म १२ हजार भन्दा बढीले प्रेमको भिडियो हेरिसकेका छन् ।
प्रतिस्पर्धीले भिडियो पठाएर प्रतियोगितामा भाग लिएका हुन् । मंसिरमा भएको १३ औं सागमा कमलले पुम्सेमा स्वर्ण पदक तथा जित र प्रेमले कास्य पदक जितेका थिए ।
उनको भिडियो :
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]