6 years ago
May 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । स्वदेशमा मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए ।

गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक जितेका छन् । प्रेमसँगै फ्रान्सका मोहम्मद गुड्रीले कास्य पदक जितेका थिए । कमलले ७.६७ अंकका साथ स्वर्ण पदक जितेका हुन् । जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए । सोहि विधामा अर्को नेपाली सुरेन्द्रबहादुर महरा नवौं स्थानमा रहे । १३ औं सागमा जितबहादुर र प्रेम दुवैले कास्य पदक जितेका थिए ।
महिला ३० वर्ष मूनिको विधामा पार्वती गुरुङले रजत पदक जितेकी छिन् । त्यसमा अमेरिकी खेलाडीले स्वर्ण पदक जितेकी थिइन् । अमेरिकी खेलाडीले ७.३२ अंक जोड्दा पार्वतीले भने ७.३ अंक बटुलेकी थिइन् । पार्वती १३ औं सागकी स्वर्ण पदक विजेता हुन् । सोही विधामा नेपाली सिता तामाङ १२ औं स्थानमा रहिन् ।

टोलीका प्रशिक्षक लक्ष्मण बहादुर ऐर क्षेत्रका अनुसार हरेक खेलाडीको पुम्सेका २ वटा भिडियोको एउटा युट्युब लिंक पठाएर च्याम्पियनसिपमा सहभागि हुनुपर्ने थियो । च्याम्पियनसिपमा भाग लिनका लागि को संयोजन आफुले र नेपाल तेक्वान्दो संघका तर्फबाट सचिव एवंम् प्रवक्ता दीपक विष्टले संयोजन गरेको लक्ष्मणले जानकारी दिए ।
लक्ष्मण आफै अनलाइन च्याम्पियनसिपको ५० वर्ष मूनिका प्रतिस्पर्धी हुन् । उनको खेल भने हुन बाँकी छ । २७ देशका खेलाडीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले भाग लिएका छन् । गत महिना जर्मनीमा भएको प्रथम खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियनसिप अन्तर्गत ३० वर्ष मूनिमा कमल शीर्ष २२, प्रेम २४ औं र जितबहादुर ३७ औं स्थानमा रहेका थिए ।
प्रेमको पुम्से पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से अन्तर्गत सर्वाधिक लोकप्रिय विधाको मनोनयमा परेको छ । फेसबुकमा अपलोड गरिएको मध्य सबैभन्दा बढी दर्शकले हेरेको भिडियोलाई विजेता घोषित गरिने प्रेमका प्रशिक्षक लक्ष्मणले जानकारी दिए । मे २० सम्म सबैभन्दा बढी दर्शकले हेरिने पुम्से विजेता बन्नेछ । बिहीबार प्रेम दोस्रो स्थानमा छन् ।




December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]