6 years ago
June 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले भलिबलको कभर्ड हल निर्माणका लागि रातो किताबमा ५० लाख रुपैयाँ छुट्टाइएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेल भलिबलका लागि केहि रकम छुट्टाइएको जानकारी दिएको भोली पल्ट मंगलबार सदस्य सचिव सिलवालको यस्तो दाबी सार्वजनिक भएको हो । प्रतिनिधि सभामा २०७७ ०७८ को विनियोजित बेजटअन्तर्गत आफ्नो मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा सोमबार मन्त्री विश्वकर्माले बताएका थिए ।
भलिबल राष्ट्रिय खेल घोषणा भएको ३ वर्ष पुरा हुँदा पनि सरकारबाट अलग्गै बजेट विनियोजन नगरेको भन्दै नेपाल भलिबल संघले गुनासो गर्दै आएका थियो । बजेटको छलफलमा भाग लिँदै केहि दिन अघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष अध्यक्ष समेत रहेका सांसद जीवनराम श्रेष्ठले पनि भलिबलाई बजेट छुट्टाउनु पर्नेमा जोड दिएका थिए ।
कोरोना भाइरस कोभिड १९ का कारण खेलकुदले बजेट प्राप्त गर्न नसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले पूजिगत खर्चका लागि ५८ करोड भन्दा केहि बढी मात्र विनियोजन भएको बताएका थिए । उनले नयाँ योजनाका लागि रकम नछुट्टाइएको बताइ रहँदा सदस्य सचिव सिलवालले भने भलिबललाई ५० लाख रुपैयाँ विनियोजन भएको दाबी गरेको छन् ।
नेपाल भलिबल संघले मंगलबार चिकित्सक संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा सदस्य सचिव सिलवालले भने, ‘मन्त्रालयले बजेट माग्दा सुरुमा भलिबललाई भनेर २५ करोड रुपैयाँ सिफारिस गरेका थियौं । तर त्यसलाई झारेर सरकारले रातो कितावमा ५० लाख रुपैयाँ राखिएको भन्ने जानकारी पाएको छु । सैद्धान्तिक रुपमा बजेटमा समावेश छ ।’
सिलवालले सैद्धान्तिक रुपमा उल्लेख भएपछि पूर्वाधार निर्माणका लागि बजेटको अभाव नहुने दाबी गरे । देशको आर्थिक अवस्था नै डामाडोल भएमात्र मात्र हो । नत्र सकाररले बजेट दिन्छ ,उनले भने,सागका लागि सरकारले सुरुमा ५० लाख रुपैयाँ मात्र रातो किताबमा थियो । पछि तर ३ अर्ब ६५ करोड छुट्टायो । त्यसमा मैले १ अर्ब जोगाएर राज्य कोषमा जम्मा गरिदिएको थिए ।
उनले चालु आर्थिक वर्षमा पनि बजेटमा नभएको १६ करोड रुपैयाँ चालु आर्थिक वर्षमा सरकारबाट लिएको प्रसंग पनि उनले जोडे । उनले अब संघले कभर्ड हल निर्माणका लागि प्रक्रिया अगाडि बढाउने पर्नेमा जोड दिए । उनले भने मैले केहि ठाँउ उहाँहरुलाई देखाएकाु छु । राखेपले संघलाई ललितपुरको लुभु र काठमाडौंको बुढानिलकण्ठमा जग्गा देखाएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]