5 years ago
August 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघमा आन्तरिक विवाद बढेको छ । संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा आफुलाई दुव्र्यवहार भएको आरोप लगाएका छन् ।

महासचिव भट्टाचार्यले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफुले फरक मत राख्दा संघका सदस्य दिपक महर्जनले आफुलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् ।
कार्यसमितिका पदाधिकारीको न्यून उपस्थिति रहेको कारण थप छलफल गर्नुपर्ने विषय बहुमतको आधारमा लैजान खोजिएपछि आफुले फरक मत राखेको कारण दुव्र्यवहार भएको भट्टाचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफुलाई दुव्र्यवहार हुँदा संघका अध्यक्ष राम अवाले सँगै भएपनि अध्यक्षबाट कुनैपनि प्रतिक्रिया नआएपछि विज्ञप्ति निकाल्न बाध्य भएको बताएका छन् ।
‘शुक्रबारको बैठकमा उपस्थिति न्युन नै थियो । प्रस्ताव गरिएका विषयहरुमा मिहिन ढंगले छलफल गर्नु पर्नेमा साथीहरुबाट छलफल नै नगरी बहुमतका आधारमा जवरजस्ती लाद्न खोजेपछि म महासचिवले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु अर्थात लेख्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे ’ विज्ञप्तिमा भनिएको छ, ‘आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो । मैले आफूमाथि भएको अभद्र व्यवहारका बारेमा उहाँलाई जानकारी गराए । तर, उहाँबाट केही प्रतिक्रिया नआएपछि मैले बाध्य भएर यो प्रेस विज्ञप्ति जारी गरेको हुँ ।’
कोरोनाको कारण लामो समयपछि बक्सिङ संघले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । महासचिव भट्टाचार्यले राजधानी बाहिर भएका पदाधिकारीहरुकोको असन्तुष्टिका बाबजुत बैठक डाकिएको समेत बताएका छन् ।
भट्टाचार्यले महर्जन संघको सदस्य भएपनि उपस्थितिमा हस्ताक्षर नगरी पूर्ण कार्यसमिति बैठकमा कुन हैसियतमा उपस्थित भएको भनेर प्रश्न समेत गरेका छन् । राखेपको नयाँ खेलकुद विकास ऐन समेत दिपकले नमानेको महासचिव भट्टाचार्यको आरोप छ ।
‘ महर्जन नेपाल बक्सिङ संघका सदस्य भएपनि उनले उपस्थितिमा हस्ताक्षर नगरेको जानकारी गराउँदछु । उनी कुन हैसियतमा पूर्ण कार्यसमिति बैठकमा उपस्थित भएका हुन् । त्यो स्पष्ट छैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘दीपक महर्जन राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक हुन् । हालै लागु भएको नयाँ खेलकुद विकास ऐन अनुसार संघको कार्यसमिति वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने हुन्छ । अहिलेसम्म उनले दुवै पद छाडेका छैनन् ।’
महासचिव भट्टाचार्यले संघमा आर्थिक अनियमितता हुँदै आएको आरोप समेत लगाएका छन् । यस्तै भट्टाचार्यले संघ एकलौटी र तानाशाही ढंगबाट चल्दै आएको आरोप समेत लगाएका छन् । उनले यो कार्यसमिति निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनै पनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदन समेत पास नभएको समेत बताएका छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]