default_image

4 years ago

August 3, 2020

परिपक्वता, सिकाइ र कर्तव्यबोधको आधा दशक

सम्पादकीय खेलकुदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपाली भाषामा पाठक,दर्शकसम्म पुर्याउने उद्देश्यका साथ सुरु गरिएको हाम्रो खेलकुद डटकमले आज ५ वर्ष पूरा गरेको छ । फर्केर हेर्दा आधा दशकको यो खेलकुद पत्रकारिताको यात्रा कठीन तर, रोमाञ्चक रह्यो । पत्रकारितामा पछिल्लो समय व्यापकता पाइरहेको अनलाइन पत्रकारिता आफैमा चुनौतीपूर्ण छ । त्यसमा पनि खेलकुदको समाचार मात्र प्रकाशित गर्ने […]

217 views

0 Bookmark

सम्पादकीय

खेलकुदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपाली भाषामा पाठक,दर्शकसम्म पुर्याउने उद्देश्यका साथ सुरु गरिएको हाम्रो खेलकुद डटकमले आज ५ वर्ष पूरा गरेको छ । फर्केर हेर्दा आधा दशकको यो खेलकुद पत्रकारिताको यात्रा कठीन तर, रोमाञ्चक रह्यो ।

पत्रकारितामा पछिल्लो समय व्यापकता पाइरहेको अनलाइन पत्रकारिता आफैमा चुनौतीपूर्ण छ । त्यसमा पनि खेलकुदको समाचार मात्र प्रकाशित गर्ने अनलाइन चलाउँने योजनासहित अघि बढ्ने निर्णय ५ वर्षअघि गर्नु त्यतिबेलै पनि जोखिमपूर्ण थियो नै । हाम्रो देशमा पत्रकारिता जीविकोपार्जनको बलियो आधार बन्न नसकिरहेको अवस्थामा खेलकुदको मात्र अनलाइन सञ्चालन गर्ने हाम्रो समूहको निर्णय धृष्टतापूर्ण थियो भन्नेमा हामी उहिले नै सचेत थियौं । तर, पनि आँट गरेरै नेपाली खेलकुदको विकास र विस्तारकै गतिमा अनलाइन खेल पत्रकारिताको पनि विकास र विस्तार हुँदै जान्छ भन्नेमा हामी विश्वस्त थियो । खेलकुदलाई मात्र समेटेर अनलाइन चलाउने प्रयास ‘सिक्दै गर्ने अघि बढ्ने’ अनुभव थियो ।

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले ९ हजार भन्दा बढीको ज्यान गयो । अर्बौंको क्षति भयो । । त्यसपछि देशको आर्थिक र पुनर्निर्माणले कसरी गति लिन्छ भन्नेमा अशंका थियो । अझै पनि पुनर्निर्माणको काम सम्पन्न भइसकेको छैन । विनाशकारी भूकम्पपछि कसरी अन्य क्षेत्र जस्तै खेलकुदले गति लिन्छ भन्ने शंकाकै बीचमा २०७२ श्रावण १९ गतेबाट हाम्रो खेलकुद डटकम को यात्रा शुरु भएको थियो ।

हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ भने जस्तै हाम्रो त्यो पहिलो पाइला थियो । निरन्तर पाइला अघि बढाउने क्रममा पाँचौं वर्ष पुरा गर्दै छैटौं वर्षमा प्रवेश गरिरहँदा हामीले समाचार, लेख र अन्य गरि २१ हजार भन्दा बढी सामग्री प्रकाशित गरिसकेको छौं । पाठक, दर्शकलाई खेलकुदका हरेक समाचारबाट सूसुचित गर्नुपर्दछ भन्ने हाम्रो मुल उद्देश्य थियो । त्यसमा आशिंक सफलता हासिल गरेको हाम्रो आफ्नै बुझाई छ । आउने दिनमा अझै बढी मिहिनेत गर्ने तत्परताले हामीलाई सफलताका बाँकी कथाहरु रच्न थप ऊर्जा र प्रोत्साहन मिल्छ भन्ने ठानेका छौं ।

सबै खेलको आ आफ्नै महत्व हुन्छ । त्यसलाई आधार मान्दै सबै खेलका समाचारलाई अनलाइनमा समेट्ने उद्देश्यबाट सुरु भएको हाम्रो अनलाइनलाई समाजिक सञ्जालको पहुँच, लोकप्रियता र बढ्दो प्रयोगकर्ताका कारण खेलकुदका समाचार पछ्याउनेहरुको माझमा पुग्न हाम्रो खेलकुदलाई बढी सहज भएको हामीले महसुस गरेका छौं ।
छैटौं वर्षमा प्रवेश गरिरहँदा हाम्रो खेलकुद डटकम ७ करोड पटक भन्दा बढी हेरियो भन्दा अन्यन्तै गर्व महसुस गरेका छौं । समाजिक सञ्जालका सबै माध्यममा हाम्रो खेलकुदलाई पछ्याउनेको संख्या १४ लाख भन्दा बढी हुनुहुन्छ ।

पाठक दर्शकहरुको साथ र मायाले हामी उत्साही त छौं नै अझ बढी जिम्मेवारीबोध पनि भएको छ । यात्राको सुरुवात गर्दा कस्तो प्रतिक्रिया आउँछ भन्नेमा अन्यौल थियो । काम गर्दै जाने क्रममा पाठक, दर्शकले हाम्रो कामलाई स्वीकार्दै गएको महसुस गरेका छौं । कोही पनि आफैमा पूर्ण हुँदैन । अभ्यास गर्दै जाने क्रममा धेरै सिकिन्छ । हाम्रो हकमा पनि त्यस्तै भयो । काम गर्दै जाने क्रममा केहि कमजोरी पक्कै हुन्छन् , त्यसलाई सुधार गर्ने तत्परता हामीले सधै राख्दै आएका छौं । यो अवधिमा हाम्रो फेसबुक र यूट्युब च्यानलमार्फत मुख्यतः भलिबलका राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दा दर्शकबाट पाएको साथले हामीलाई थप हौस्याएको छ ।

गत वर्ष एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रा लागि अवसर जति थियो, त्यत्तिकै स्तरीय प्रसारणको चुनौती थियो । दर्शकहरुले दिनुभएको साथ र मायाले हामीले त्यो प्रत्यक्ष प्रसारणमा न्याय गरेका छौं भन्ने महसुस गरेका छौं । दुई दशक यता नेपाली खेलकुदले सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सिमित श्रोत साधानका बावजुद हामीले त्यसको समाचार संकलन, लेख, विचार र प्रत्यक्ष अन्तवार्ता गर्दा दर्शकहरुबाट त्यतिकै साथ पाएका थियौं । साग हाम्रा लागि पनि चुनौतीको सामना गर्ने एउटा राम्रो अवसर थियो । त्यसले खेलकुदको अनलाइन पत्रकारितामा उदाहरणीय काम गरेको महसुस गरेका छौं । तथापि अझै राम्रो गर्न सकिन्थ्यो भन्ने अहिले पनि लाग्छ ।

त्यसबाहेक नेपालका विभिन्न खेल टोलीले देश बाहिर गएर खेल्दा उनीहरुसँग जोडिएका सबै पक्ष र पाटालाई पाठक दर्शक सामू पुर्याएरहेका छौं । फुटबलको साफ च्याम्पियनसिपदेखि विश्वकप छनोट, क्रिकेटको विश्वकप छनोट र अन्य प्रतियोगिता तथा भलिबलको महिला एभिसी सेन्ट्रल जोनमा पनि हामीले आयोजना स्थलबाटै समाचार संकलन, सम्प्रेषण र प्रसारण गर्ने प्रयास गरेका थियो ।

अहिलेसम्मको यात्रामा प्राप्त गरेको हौसला र मायाप्रति हामी पाठक, दर्शकप्रति आभारी छौं । तपाईहरुको सल्लाह, सुझाव र आलोचनाले हामीलाई मार्गनिर्देश गरिरहेकै छन् । छैटौं वर्ष प्रवेश गरिरहँदा कोरोना भाइरस कोभिड १९ का कारण विश्व नै आतंकित भएको अवस्था छ । यसले सबै क्षेत्रमा ठूलो असर परेको छ । देश भित्रका खेलकुद गतिविधि पूर्णरुपमा ठप्प हुँदा त्यसको प्रत्यक्ष असर खेलाडी र खेलकर्मीमा पर्ने नै भयो । खेलाडी र खेलकर्मीलाई गरेको असरले हाम्रो खेलकुद मात्रै अछुतो रहने कुरै भएन ।

खेलकुद भित्रका सबै खाले गतिविधिको समाचार, लेख, अन्तवार्ता, भिडियो रिपोर्ट, विभिन्न खेलका प्रत्यक्ष प्रसारणलाई आउँने दिनमा पनि निरन्तरता दिनेनै छौं । तथ्यमा आधारित सामग्री प्रस्तुतिलाई हामी आफ्नो धर्म मानछौं । र, मानिरहने छौं । खेलकुदमा भएका विकृति र विसंगतीलाई रोक्नका लागि पनि हामी आफ्नो माध्यमबाट सशक्त रुपमा प्रस्तुत हुने नै छौं । समयअनुकुल पाठक, दर्शकको चाहनालाई ध्यानमा राख्दै विभिन्न सामग्री प्रस्तुत गर्न हाम्रो हरसम्भव प्रयास रहने छ ।

अहिलेको समय सामाजिक सञ्जालमार्फत पनि आफ्ना सुझाव, सल्लाह र आलोचना गर्न सकिने सुविधालाई पाठक, दर्शकले पूर्ण उपयोग गर्दै हामीलाई मार्गनिर्देश गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । यो यात्रामा साथ दिने पाठक, दर्शक र व्यावसायिक रुपमा साझेदारी गर्ने व्यापारिक समूह र सहयोगीहरुप्रति हामी सदा सर्वदा आभारी छौं ।

जय खेलकुद!

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.