default_image

5 years ago

August 8, 2020

बक्सिङ संघ महासचिवकै भूमिका माथि प्रश्न

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यमाथि कुनै दुव्र्यवहार नभएको बताएका छ । संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिवले दाबी गरे जस्तो कुनै दुव्र्यवहार नभएको र दुव्र्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

महासचिव भट्टाचार्यले गतसाता एक विज्ञप्ति निकाल्दै बैठकमा आफुले फरक मत राख्दा संघका सदस्य दिपक महर्जनले आफुलाई अभद्र व्यवहार गरेको आरोप लगाएका थिए । आफुमाथि अभद्र व्यवहार हुदाँ संघका अध्यक्ष राम अवालेसँगै रहेपनि कुनैपनि प्रतिक्रिया नदिएका कारण आफु विज्ञप्ति निकाल्न बाध्य भएको उल्लेख गरेका थिए ।

संघका अध्यक्ष अवाले एवम् संघप्रति नै लक्षित गरी महासचिवले केही सञ्चार माध्यममार्फत संघको पूर्ण कार्यसमितिको बैठकमा हातपात गरेको, आर्थिक अनियमितता एवम् बक्सिङ खेलको बिकासमा ध्यान नदिएको, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्ने समाचारप्रति नेपाल संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले महासचिव भट्टाचार्यको आरोपलाई खण्डन गर्दै कपोकल्पित, निराधारपूर्ण अभिब्यक्तिको संज्ञा दिएको छ । ‘संघको महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बक्सिङ खेलको बिकास र विस्तारमा भ्रम सृजना गर्ने गैरजिम्मेवारी, कपोकल्पीत, निराधारपूर्ण अभिव्यक्तिले संघको गरिमालाई नै आघात पु¥याएको महसुस भएको छ ।’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बक्सिङ खेलले गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ३६ बर्ष पुरानो रेकर्डलाइ तोड्दै ३ स्वर्ण, ६ रजत, ६ कास्य पदक प्राप्त गरेको उल्लेख गदैै विज्ञप्तीमा भनिएको छ, दुई दर्जनभन्दा बर्ढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई एक दशक देखिको अन्तर्राष्ट्रिय पदकको खडेरी तोडी ९ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी राष्ट्रको गौरब बढाएको अवस्थामा बक्सिङ खेलको विकासमा ध्यान नदिएको भन्ने कुरा हास्यास्पद हो ।

यस्तै संघले कोरोनाका कारण भौतिक दुरी कायम गरी भएको बैठकमा एसियन पदकधारी व्यक्तिबाट त्यस प्रकारको हातपात गर्ने गतिविधि हुने सम्भावना नभएको र संघ सञ्चालनलाई सामूहिक विचार र निर्णयलाई नै मान्यता दिदै आएको उल्लेख गरेको छ ।

संघको १५ र १६ साउनमा बसेको बैठक सहजरुपमा सञ्चालन भएको र संघद्धारा गठित आर्थिक समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर छलफल हुदा महासचिवले विमति भने राखेको जनाएको छ । अध्यक्ष अवालेले महासचिवकै भूमिकामाथि प्रश्न उठाएका छन् ।

विज्ञप्तीमा उल्लेख छ ‘विमती राख्न पाउने उहाँको नैसर्गिक अधिकार हो तर, आफैले गठन गरेको समितिले पेश गरेको प्रतिवेदन उपर चित्त नबुझेमा छलफलमा ल्याउनुपर्ने र सँगै बसेको लेखा परिक्षकसँग सुझबुझ गर्न अधिकांश सदस्यहरुले आग्रह गर्दा पनि उहाँले विकल्प नदिई बैठक टार्न मात्र खोज्नु भयो ।’

प्राविधिक समितिका संयोजक दिपक महर्जनले महासचिवलाई तपाई जहिले पनि समस्या मात्र ल्याउनु हुन्छ, समाधान र सहयोग गर्नु हुन्न, संघको राम्रो काममा जहिलेपनि भाजो हाल्नुहुन्छ भनेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘तपाईले हस्ताक्षर नगरेपनि संघको काम रोकिने छैन, असहमति छ भने हस्ताक्षर नगरि पनि जान सक्नुहुन्छ भनेपछि महासचिव बैठकबाट निस्कने प्रयास भएको र अध्यक्षको नाताले रोक्ने प्रयास गर्दा गर्दै बैठकबाट बाहिरिएको र पछि दुई जनालाई बोलाउन लगाएपछि उपस्थित भएपनि पुन बाहिरिएपछि बैठक नियमित सञ्चालन भएको हो ।’ संघको विधान मिच्ने काम महासचिवले नै गरेको आरोप समेत विज्ञप्तीमार्फत लगाइएको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.