default_image

4 years ago

August 10, 2020

बक्सिङको विषयमा राखेपको चासो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघको विवादित विषयमा चासो राखेको छ । राखेपले आन्तरिक विवादमा रुमलिएको बक्सिङका अध्यक्ष राम अवालेलाई आर्थिक अनियमिता भएको भन्दै ७ दिन भित्र जवाफ पठाउन पत्र काटेको छ । महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमियताका सम्बन्धमा आवश्यक छानविन गर्न माग […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघको विवादित विषयमा चासो राखेको छ । राखेपले आन्तरिक विवादमा रुमलिएको बक्सिङका अध्यक्ष राम अवालेलाई आर्थिक अनियमिता भएको भन्दै ७ दिन भित्र जवाफ पठाउन पत्र काटेको छ ।

महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमियताका सम्बन्धमा आवश्यक छानविन गर्न माग भएको राखेपका संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले काटेको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ दोषी उपर आवश्यक कार्वाही गरी पाउँ भनि विभन्न ५ बुँदाहरु उल्लेख गरी परिषद् समक्ष निवेदन प्राप्त भएकाले सो सम्बन्धमा के कसो भएको हो ? सो सम्बन्धमा सत्य तथ्य विवरण खुलाई पत्र प्राप्त मिति ७ दिन भित्र परिषद् पठाउन भनिएको छ ।

केहि दिन अघि महासचिव भट्टचार्यले संघको बैठकमा आफुलाई संघका सदस्य दीपक महर्जनले अपमान गरेको भन्दै विज्ञप्ती जारी गरेका थिए । संघका अध्यक्ष अवालले पनि अलग्गै विज्ञप्ती जारी गर्दै भट्टचार्यले भने जस्तो केहि नभएको दाबी गरेका थिए ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.