5 years ago
August 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुर र काठमाडौंमा राखिएको थियो । जसमध्ये भक्तपुरमा २० र काठमाडौंमा १६ जनालाई संक्रमण देखिएको एक खेलाडीले बताएका छन् । एपिएफले भक्तपुरको दुवाकोस्थित गुहेश्वरी गण र कीर्तिपुरको निलबाराही गणमा राखिएको थियो ।
जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो । ती मध्ये ८२ खेलाडी शुक्रबार काठमाडौं फर्केका थिए । एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलार्य सिमा नाका पठाएको थियो ।
तर, साढें दुई महिनापछि मात्र उनीहरुलाई फर्काइएको थियो । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]