default_image

5 years ago

August 26, 2020

सागमा सहभागी बक्सिङ टोलीको कोरोना बीमा

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीसहित १८ जनाको कोरोना बीमा गरिएको छ ।

पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले आफ्नो खर्चमा सागमा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको जनही १ लाख रुपैयाँ कोरोना बीमा गरिदिएका हुन् ।

मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको १३ सागमा नेपालका १० पुरुष र ६ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कांस्य गरि १५ पदक जितेको थियो ।

सागमा मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए । ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत पदक जितेका थिए ।

त्यस्तै सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए । टोलीका १ खेलाडी मात्र पदक विहिन बनेका थिए ।

सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि पूर्व बक्सर श्रेष्ठले कोरोना बीमा गरिदिएका छन् । श्रेष्ठले बीमाको पोलेसी बुधबार हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले जानकारी दिए । यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।

अन्य खेलका खेलाडीको बीमा भएको खबर सुनेर हाम्रा खेलाडीले आफुसँग सोधेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘मैले आफ्नो परिवारको बीमा गरेको थिए । पछि खेलाडीको पनि गर्दिनुपर्छ भन्ने लागेर गरे ।’

खेलाडीको बीमाका विषयमा संघले चासो लिएको नदेखेपछि व्यक्तिगत रुपमा खेलाडीको बीमा गरेको श्रेष्ठले बताए । ‘पहिलो दायित्व त संघको नै हो । तर गत महिना बसेको सचिवालयमा बैठकमा यो विषयमा छलफल भएको छैन भन्ने जानकारी भयो,’ श्रेष्ठले भने, यस्तो कठीन परिस्थितिमा अन्य खेलका खेलाडीको बीमा गरिएको समाचारहरु पनि आइरहेकोले हाम्रो खेलाडीको पनि हुनुपर्दछ भन्ने लागेर मैले गरेको छु ।’

श्रेष्ठले बक्सिङमा अन्य खेलाडी, प्रशिक्षक, जर्जहरुको पनि गर्न आवश्यकता रहेको औल्याउँदै श्रेष्ठले भने, ‘संघले बक्सिङमा लागेका अन्यको गर्दियोस् भन्ने सन्देशका लागि यति गरेको हु । यदि संघले गरेन भने बाँकीहरुको पनि म आफै गर्दिने सोचमा छु ।’

राष्ट्रिय फुटबल महिला पुरुष टोली , राष्ट्रिय क्रिकेट महिला पुरुष टोली, राष्ट्रिय तेक्वान्दो टोलीको सम्बन्धित संघले बीमा गरिसकेको छ । राष्ट्रिय महिला पुरुष भलिबल टोलीका खेलाडीको बीमा भने स्व. लक्ष्मीनारयण मेमोरियल ट्रष्टले गरिदिएको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.