default_image

5 years ago

September 3, 2020

बक्सिङ प्रशिक्षक र निर्णायकको पनि कोरोना बीमा

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाख रुपैयाँका दरले बक्सिङ संघले बीमा गरिदिएको हो ।

ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । बीमा अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने संघले बताएको छ ।

बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको विमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बिन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको बीमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका थिए ।

बीमा गरिएका प्रशिक्षकमा दीपक महर्जन, ओमकुमार मास्के, डम्बरदत्त भट्ट, हरिशबहादुर चन्द, किशोर खत्री, उमेश लामा, किशोर लिम्बू, विद्याप्रसाद मर्सानी, दीपक राई, गोपाल श्रेष्ठ, प्रचण्ड शर्मा, लालबहादुर पौडेल, रेमशदास श्रेष्ठ, निमा तामाङ, राज श्रेष्ठ, अतुल घानी छन् ।

त्यस्तै अनुपकुमार लामा, विष्णुबहादुर सिंह, टंकबहादुर बुढा मगर, हरिचन्द्र खड्का, साजन लघु, डम्बरबहादुर लिम्बू, निशा लोहला, कृष्णुन्दर प्रजापति, सुमन शर्मा बन्जारा, तेजबहादुर थापा मगर, किरण थापा, विनोद शेरचन, दिलिपसिंह ठकुरी, राजु थापा, सागरशमशेर थापा र मानबहादुर गुरुङको पनि बीमा गरिएको छ ।

त्यस्तै निर्णायकमा रामचन्द्र थापा मगर, सन्तोष कार्की, सचिन राउत, तारेराम श्रेष्ठ, रेमश श्रेष्ठ, राजुकुमार महर्जन, धनकुमार मैनाली, अनुराधा लामा, प्रमिला राई, इन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र महर्जन, अनिलप्रसाद दाहाल, सुनिता महर्जन, शेरबहादुर साहु, राजन प्रजापति, दिनकलाल श्रेष्ठ, जीवन कवा, दिनेश बासुकला, विजयसिंह डंगोल र राजुकृष्ण महर्जन छन् ।

अध्यक्ष अवालेले क्रमैसंग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना बीमा गरिदिने प्रतिबद्धता जनाएका छन् ।

३८ रेफ्री जर्जको कोरोना बीमा
पूर्व बक्सर ओमनारायण श्रेष्ठले ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमा गरिदिएका छन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले आफ्नै खर्चमा रेफ्री जर्जको एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।

श्रेष्ठले आईबा अन्तर्राष्ट्रिय रेफ्री जर्ज रामचन्द्र थापामगर, तारामान श्रेष्ठ, राजन प्रजापतिलगायत ३८ जनाको कोरोना बीमा गरिदिएका छन् । जसमा १६ जना अन्तर्राष्ट्रिय रेफ्री जर्ज र २२ जना राष्ट्रिय जर्ज छन् ।

श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बीमाको पोलिसी आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रामचन्द्र थापा मगर र राष्ट्रिय रेफ्री जर्जको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे ।

श्रेष्ठले यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको पनि एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.