5 years ago
November 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरु नियमित अभ्यासमा फर्कन पाउने सम्भावना देखिएको छ । कोरोना भाइस कोभिड १९ कारण चैत ११ गते गरिएको लकडाउनयता र पछि सरकारले अनुमति नदिएका कारणका अधिकांश खेलका नियमित प्रशिक्षण रोकिएका थिए ।

मन्त्री परिषद्को सोमबारको बैठकले कोरोना सम्बन्धि स्वास्थ मापदण्ड अपनाएर खेलकुदका नियमित प्रशिक्षण सुरु गर्न सैद्धान्तिक सहमति जनाएको श्रोतले जनाएको छ । प्रक्रिया पूरा भएसँगै अर्को साताबाट नियमित प्रशिक्षण सुरु हुने विश्वास लिएको छ ।
कारोनाका कारण नेपालमा आयोजना हुन तय विश्व कप छनोट फुटबलसहित सबै खेलकुद प्रतियोगिता स्थगित भएको थियो । औपचारिक प्रशिक्षण पूर्ण रुपमा बन्द भएका थिए । त्यसमा केहि अपवादका रुपमा भने प्रशिक्षण सुरु गरिएको थियो ।
ओलम्पिक छनोटको तयारीका लागि करातेले प्रशिक्षण सुरु गरेको थियो । सरकारकै स्वीकृतिमा राष्ट्रिय फुटबल टोली प्रशिक्षण सुरु भएको थियो । अहिले फुटबल टोली दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ ।
प्रशिक्षण स्थगित हुँदा फिटनेसमा समस्या हुनाका साथै मानसिकतामा पनि असर भइरहेको खेलाडीले आवाज उठाइरहेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]