5 years ago
November 12, 2020
नेपालगञ्ज (हाम्रो खेलकुद) – क्रिएटिभ ह्यान्ड्सको आयोजना र क्रिएटिभ गञ्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा आयोजना हुने धारा छैठौ नेपालगञ्ज म्याराथनमा एक्सन एड नेपाल पनि जोडिएको छ ।

‘बाँच्नका लागि हिडौं’भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ । गतवर्षदेखि नै धारा तेलको मुख्य प्रायोजन गरेको नेपालपञ्ज म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक सह प्रायोजक रहेका छन् ।
एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भनिन्, ‘कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो । बाच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’
उनले थपिन्, ‘राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिकाविरुद्ध हुने हिंसा र बलात्कारविरुद्धको आवाज हो । साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलामा कोभिड–१९ को प्रभावमा पनि यो केन्द्रित छ । असमानता र अन्यायको अन्त्य तथा समानता र न्यायको पक्षको आवाज पनि हो यो अभियान–बाच्नका लागि हिंडौं । ’
कोरोनाले गर्दा देशमा आठ महिनादेखि खेलकुद ठप्प हुँदा छैठौ नेपालगञ्ज म्याराथनको तयारी अघि बढिरहेको छ आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । टोकियो ओलम्पिकमा जाने नेपाली खेलाडीको यहीबाट छनौट हुने भएकाले नेपालगञ्ज म्याराथनको गरिमा बढेको विश्वास ठकुरीले लिएका छन् ।
अघिल्ला वर्षहरुमा जस्तै देशका ‘शीर्ष’ धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुँदैछन् । नेपालगञ्ज म्याराथनमा प्रथम हुने धावकले नेपाली राष्ट्रिय झण्डा बोकेर टोकियो ओलम्पिकमा देशको प्रतिधित्व गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट जानकारी प्राप्त भएको अध्यक्ष ठकुरीले बताए ।
सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गराउन हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ । कोरोनाले गर्दा प्रतियोगितात्मक यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदैछन् । प्रतियोगिताको अर्को आकर्षणका रुपमा कर्पोरेट रनमा शहरका हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुने जनाइएको छ ।
खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य रहने म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ । दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]