5 years ago
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्काई ब्रान्ड नेपालको तेस्रो आउटले थापथलीस्थित ब्लू बर्ड मलमा शनिबारबाट औपचारिक रुपमा सुरु भएको छ । विभिन्न खेलका महिला ५ राष्ट्रिय खेलाडीले स्काई ब्रान्डको उद्घाटन गरेका थिए ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी, उसुकी निमा घर्ती मगर, रजत पदक विजेता टोली भलिबलकी रेश्मा भण्डारी, रजत पदक विजेता फुटबलकी अनिता बस्नेत र ब्याडमिन्टनकी रसिला महर्जनले स्काई ब्रान्डको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
झन्डै डेढ दशक अघि सुरु भएको स्काई ब्रान्ड नेपालका अध्यक्ष मनोजकुमार श्रेष्ठका अनुसार पहिलो आउटलेट त्रिपुरेश्वर र दोस्रो पोखरामा छ । जहाँ अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड योनेक्स, लेनिङलगायतका खेल सामाग्री एकै ठाँउमा पाउन सकिन्छ ।
स्काई ब्रान्डले स्काई फिटमार्फत अनलाइनमार्फत पनि सामान खरिद गर्न सकिने जनाएको छ । अनलाइनमार्फत खेल सामाग्री र फिटनेस सामग्री पनि अर्डर गर्न सकिने बताइएको छ । स्काई ब्रान्डले भविष्यमा आफै स्काई फिटका उत्पादन बजारमा ल्याउने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैबीच, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष आयोजना गर्दै आएको एनएनआइपिएले स्पोर्टस अवार्डमा स्काई ब्रान्ड नेपालले साथ दिने भएको छ ।
अवार्डमा यसपटकबाट थप गरिने राइजिङ प्लेयर अफ दि इयर अवार्डलाई स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने भएको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।
स्काई ब्रान्डकाअध्यक्ष मनोजकुमार श्रेष्ठ र एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । राइजिङ प्लेयर अवार्डका लागि स्काई ब्रान्ड नेपालले एनएनआइपिएलाई बार्षिक १ लाख रुपैयाँ उपलब्ध गराउनेछ जानकारी दिएको छ । स्काई ब्रान्ड नेपाल र एनएनआइपिएबीचको सम्झौता ५ वर्षको रहनेछ ।

एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार जनता बैंकले प्रायोजन गर्दै आएको छ । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मा गर्दै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदान गरिनेछ । यसपटकको अवार्ड आयोजनाका बारेमा बारेमा केहि साता पछि जानकारी गराइने एनएनआइपिएका अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी दिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]