5 years ago
November 18, 2020
नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा छैठौ नेपालगञ्ज म्याराथनको तयारी तीब्र गतिमा अघि बढेको छ । शनिबार आयोजना हुने नेपालगञ्ज म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरुसँग बुधबार छलफल गरेको छ ।

समन्वय बैठकमा शहरका प्रतिष्ठित व्यक्तित्वहरुले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका कृष्णप्रसाद श्रेष्ठ, क्यान इन्फोटेकका सञ्जय थापा, लायन्सका सेम शाक्य, होटल अर्गनाइजेसनका भाष्कर काफ्ले, हिसानका डा. अवनिन्द्रदत्त मिश्र, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वली, स्कूल सञ्चालक शशि स्वाँर, नेपाल बाल संगठनका दत्तप्रसाद आचार्य, मेरो टुकीका भोजराज शर्मा, रेडक्रसका प्रल्हाद विश्वकर्मालगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जको गौरव बढाएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने वचन दिएका हुन् ।
यसपटक नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनोट हुने भएकाले नेपालगञ्जवासीले सक्दो सहयोग गर्नुपर्नेमा उनीहरुको जोड थियो । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने नेपाल ओलम्पिक कमिटीबाट जानकारी प्राप्त भएको बताए ।
कोरोना भाइरसको महामारीका कारण यसपटक दुई वटामात्रै इभेन्ट मात्र प्रतियोगितामा समावेश गरिएको बताइएको छ । पुरुषतर्फ म्याराथन र महिला हाफ म्याराथनमात्रै हुनेछ । शहरका प्रतिष्ठित व्यक्तिलाई सहभागी गराएर कर्पोरेट फन रन गराइनेछ ।

आयोजकले बुधबार नै सुरक्षा अधिकारीसँग छलफल गरेको छ । नेपालगञ्जको विपीचोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः विपीचोकमा पुगेर म्याराथन टुंगिनेछ । त्यसैलाई व्यवस्थित रुपमा आयोजना गर्न सुरक्षा अधिकारीसँग छलफल गरिएको हो । विपीचोकदेखि दौड सुरु भएपछि सडकको एउटा रुट खाली गराउने सुरक्षा अधिकारीले तयारी गरेका छन् । त्यसक्रममा ठाउँ ठाउँमा प्रहरी परिचालन हुने बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिए । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी सुवास खड्काले रुट क्लियर गरेर ठाउँ ठाउँमा प्रहरी राखिने बताउनुभयो ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक इश्वर देवकोटा, ट्राफिक प्रहरी युनिट नेपालगञ्जका प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहले सडकको एउटा रुट खाली गराएर ठाउँ ठाउँमा प्रहरी राखेर अघि बढ्ने जानकारी दिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]