default_image

3 years ago

December 4, 2020

अख्तियार बारे प्रश्नमा सदस्य सचिव सिलवालको झुट

प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा ब्याडमिन्टनको बाहेक अन्य कुनै पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ढाँटेका छन् । जबकी अख्तियारले शुटिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिन्टनको खेल सामाग्री खरिदमा अनियमित भएको भन्दै ११ जनाविरुद्ध परेको उजुुरीका आधारमा रायसहितको प्रतिवेदन […]

254 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को विषयमा ब्याडमिन्टनको बाहेक अन्य कुनै पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले ढाँटेका छन् ।

जबकी अख्तियारले शुटिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिन्टनको खेल सामाग्री खरिदमा अनियमित भएको भन्दै ११ जनाविरुद्ध परेको उजुुरीका आधारमा रायसहितको प्रतिवेदन पेश गर्न राखेपलाई भदौ र असोज महिनामा दुई पटक पत्र पठाइसकेको तथ्य खुलेको छ ।

अख्तियारले राखेपलाई भदौ ३ गते उजुरीमा औल्याएका विषयमा सत्यतथ्य छानविन गरि रायसहितको प्रतिवेदन पत्र प्राप्त भएको मितिले १५ दिन भित्र आयोगको मुद्दा पुनरावेदन तथा बहस पैरवी महाशाखा (युवा) मा पठाउन पत्र पठाएको थियो ।

महिना दिन भन्दा लामो समयसम्म पनि राखेपले प्रतिवेदन नबुझाएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै असोज ११ गते अख्तियारले राखेपलाई ताकेता पत्र पठाएको थियो । तर, १३ औं सागको हिसाब सार्वजनिक गर्ने कार्यक्रममा आइतबार सिलवालले ब्याडमिन्टन विषयमा बाहेक अन्य पत्र प्राप्त नभएको बताएका थिए ।

ब्याडमिन्टनबाहेक सागका अन्य विषयमा अख्तियारबाट पत्र प्राप्त भएका छन् भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा सिलवालको जवाफ थियो, ‘अख्तियारबाट पत्र त धेरै आउँछन् । कतिपय पत्र राम्रा पत्र पनि आउँछन् । कतिपय जानकारी माग्ने हिसाबले पनि आउँछन् । कति पत्रका लागि पत्र पनि आउँछन् । साग सम्बन्धि त्यस्तो खालको पत्र आएको छैन ।’

अख्तियारको पत्र पछि सिलवालकै निर्देशनमा राखेप सदस्य रिम रानाभाटको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भएपनि उनले पत्रकार सम्मेलनमा सार्वजनिक गर्न नचाहेको देखिएको छ । राखेपका प्रवक्ता समेत रहेका कार्यकारी समितिका सचिव कुलबहादुर थापाले रानाभाटको संयोजकत्वमा असोज १५ गते छानविन समिति गठन भएको जानकारी दिएका छन् । १५ दिनको समय तोकेर समिति गठन गरेपनि त्यसले छानविन अघि नबढाएको बुझिएको छ ।

सागका लागि सामान खरिद गर्दा अनियमिता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले राखेपलाई पत्र काटेको थियो । साग सचिवालयका प्रमुख कमल खनाल, सामाग्री व्यवस्थापन गर्न गठित वार्ता टोलीका संयोजक पुरेन्द्रविक्रम लाखे, सोही समितिका सचिव ब्रजबहादुर केसी, स्टोर किपर गोपी निरौला, आर्चरी संघका महासचिव रमेश शिवाकोटी, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, सोही खेलका प्रशिक्षक प्रदीप खाती, तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, उप निर्देशक हिमाल दाहाल, पूर्व अधिकृत लवभक्त श्रेष्ठ र सप्लाएर अनिल थमनमाथि कारवाहीको माग गर्दै साउन ८ गते अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारमा सागको सामान खदिरमा अनियमितता भएको भन्दै बुँदागत रुपमै उजुरी दर्ता भएको पाइएको छ । कडा भन्दा कडा कारवाही गरि पाउ भनि परेको निवेदनमा १३ औं सागका लागि सामान खरिद गर्दा ठूलो आर्थिक अनियमिता भएको आरोप उजुरी पत्रमार्फत लगाइएको छ ।

शुटिङको सामान नल्याएर ल्याएको देखाएर संघका अध्यक्ष श्रेष्ठ र प्रशिक्षक खातीलाई समेत प्रभावमा पारी ७ करोड पेश्कीमा ३० लाख रुपैयाँको मात्र समान ल्याएको अरोप लगाएको छ । त्यस्तै सचिवालय प्रमुख खनाल, भण्डार प्रमुख केसी, लाखेले योजनाबद्ध तरिकाले भ्रष्टाचार गरेको, समान नआएकोले खेलाडीहरुलाई पुरानै सामानबाट साग खेलाएको उजुरी पत्रमा उल्लेख छ ।

आर्चरीको सामान किन्दा भण्डार प्रमुख केसी र आर्चरीका महासचिव शिवाकोटीको संलग्नामा ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख गर्दै त्यसमा पनि सामान नकिनी किनेको भनेर भुक्तानी दिएको आरोप लगाइएको छ ।

तेक्वान्दोको सामान नकिनी तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीन श्रेष्ठलाई बुझाउन कागजमा हस्ताक्षर गराउन खोज्दा नमानेको तर संघका महासचिव गुरुङसँग मिली ५० लाख कमिसनमा सचिवालय प्रमुख, सामाग्री समितिका प्रमुख र सचिवको मिलेमतो रहेको आरोप लगाइको छ । त्यस्तै करातेको सामाग्री किन्दै नकिनी भुक्तानी दिएको र प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई नक्कली सामान बुझाएको देखाएर भुक्तानी गरेको पनि उजुरी पत्रमा उल्लेख छ ।

गत वर्ष मंसिर १५ देखि २४ गते सम्म नेपालले १३ औं सागको आयोजना गरेको थियो । १३ औं सागमा झन्डै १ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको हिसाब सिलवालले सार्वजनिक गरेका थिए । जसमा खेल सामाग्री व्यवस्थापनमा मात्र २८ करोड रुपैयाँ भन्दा बढी खर्च भएको बताइएको थियो । १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य सहित २ सय ७ पदक जितेको नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहेको थियो ।

अख्तियारमा परेको उजुरी र अख्तियारले राखेपलाई काटेको पत्र :

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

Success

Thank you for your time.