default_image

5 years ago

December 13, 2020

पल्सर स्पोर्टस अवार्ड पुस अन्तिममा

281 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा आयोजना हुने भएको छ ।

कोरोना भाइरस कोभिड १९ का कारण यसपटक अवार्ड यसअघिको समय भन्दा निकै पछि हुन लागेको आयोजक नेपाल खेलकुद पत्रकार मन्चले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विगतमा विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को आसपासमा अवार्ड आयोजना हुने गर्दथ्यो ।

सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था रहेकोले मञ्चले पुस २८ गते अवार्ड भर्चुअल गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित कराते हलमा अवार्ड हुने मञ्चले जानकारी दिएको छ । अवार्डलाई विगतमा जस्तै हंसराज हुलास चन्द एन्ड गोल्छाको पल्सरले मुख्य प्रायोजन गर्नेछ । पल्सरले मन्चलाई २८ लाख रुपैयाँ भन्दा बढी बराबर नगद र जिन्सी उपलब्ध गराउनेछ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंसराज हुलास चन्द एन्ड गोल्छाका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अघिल्लो वर्षझैं अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी दिए ।

गत वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा नेपाली खेलाडीले एतिहासिक प्रदर्शन गरेका थिए । जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकका साथ २ सय ७ पदक जितेको थियो ।

पौडीकी गौरिका सिंह एक्लैले ४ स्वर्ण, तेक्वन्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ स्वर्ण पदक पदक जितेका थिए । यू २३ फुटबल टोलीले स्वर्ण पदक रक्षा गर्दा केहि खेलले पहिलो पटक स्वर्ण पदक जितेका थिए ।

स्वदेशमै दुई दशक आयोजना भएको आठौं सागमा जस्तै १३ औंमा पनि नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको थियो । यसपटकको अवार्डमा सागकै प्रदर्शनको वरिपरि घुम्ने निश्चित प्राय छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.