5 years ago
December 17, 2020
पोखरा (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ३ जना स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ ।

१३ औं सागमा बक्सिङतर्फ स्वर्ण जितेका खेलाडी भूपेन्द्र थापा, मिनु गुरुङ र सनिल शाहीलाई जनही ५१ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको थियो । गत वर्ष बक्सिङ टोलीलाई शुभकामना दिने क्रममा बक्सिङतर्फ स्वर्ण जित्नेलाई विशेष सम्मान गरिने घोषणा गण्डकीका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले जानकारी दिए ।
राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सागका स्वर्ण पदक विजेतालाई सम्मान गरेका थिए । सोही कार्यक्रममा भलिबल प्रशिक्षक जीवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा प्याराग्लाडिङ दुर्घटनामा परेका राजु नेपालीको परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमका लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए ।
राजेशबाबु श्रेष्ठ, रवि क्षेत्री, आशिष थापा, भरत पौडेल, पोखरा लाउरे ट्रेनिङ सेन्टरले सहयोग गरेको संयोजक गुरुङले जानकारी दिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]