default_image

5 years ago

January 3, 2021

टोखामा क्रस दुवाथलन हुने

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनमा यसै साता टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । च्यालेन्ज शनिबार आयोजना हुने संघले जनाएको छ ।

नयाँ खेलाडीलाई प्राथमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागिएको संघले जनाएको छ । च्यालेन्ज काठमाण्डौको टोखा, कीर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकाय संग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले लक्ष्य राखेको छ ।

यस्ता खाले च्यालेन्जले खेलाडी उत्पादन गर्न र खेलाडीलाई उत्साहित गर्न मद्दत मिल्ने विश्वास संघले लिएको छ । संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानिय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरु आयोजना गर्दै जाने लक्ष्य रखेको छ ।

ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड हुने संघका महासचिव युवराज सुनुवारले जानकारी दिएका छन् । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थान देखि चन्डेस्वरी सम्मको स्थानमा आयोजना हुने बताइएको छ ।

च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताएका छन् । जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा वार्ता भईरहेको उनले बताए । कोभिडको कारण प्रतियोगिताहरु नभईरहेको अवस्थामा खेलकुदलाई क्रियासिल बनाउनुका साथै कोभिडबाट बच्न व्यक्तिहरुमा रोग संग लड्न सक्ने क्षमता अभिबृछि गर्न समेत च्यालेन्जले मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताए ।

December 20, 2025

रुविन र इभाना अन्तरवडा राष्ट्रिय टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]

December 20, 2025

नेप्लिज तेक्वान्दो आइओएफटिसीको टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप  (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

Success

Thank you for your time.