5 years ago
January 7, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पर्यटन प्रर्बद्धन गर्न तनहुँको रेसिङ गाँउपालिका अर्का साता म्याराथन आयोजना गर्ने भएको छ । म्याराथन सोमबार आयोजना हुने बताइएको छ ।

गाँउपालिका भित्रका पर्यटकिय गन्तव्यको प्रर्बद्धन गर्न म्याराथन आयोजना गरेको गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताए । उनले भने, ‘अब हामी खेलकुदमार्फत गाँउलाई चिनाउन प्रयास गर्दैछौं । रिसिङ पर्यटकीय सम्भावना बोकेको धेरै गन्तवय छन्। तर, प्रचारप्रसार अभावमा आझेलमा परेका छन् । त्यसैले म्याराथनको माध्यमबाट तीनै गन्तव्यको प्रबद्र्धनमा जुटेका हौ ।’
खुला म्याराथन, महिला प्रतिस्पर्धा र स्थानियहरुका लागि अलगै विधामा दौड हुने बताइएको छ । रिसिङको गढीडाँडाबाट सुरु हुने दौड, रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ भ्यूवटावरमा पुगेर सम्पन्न हुने बताइएको छ ।
म्याराथनको विजेताले ६५ हजार, दोस्रो हुनेले ४० र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ३ जनाले सान्त्वना पुरस्कारका रुपमा १० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका ८ का रुविन महर्जन र शिवसताक्षी ८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको पुरुष फाइनलमा रुविनले ललितपुर १६ का संयोग कपालीलाई ४–११, ११–८, […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]