5 years ago
January 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण झन्डै एक वर्षदेखि कोर्टबाहिर रहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा होङ्ग्वान्जी न्यु डायमन्डकी महत्त्वपुर्ण सदस्य प्रतिभा माली कोर्ट फर्कने तयारीमा छिन् ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पिपल्स च्वाइसको मनोनयनमा परेपछि उनलाई जिताउन मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । विभागीय टोली नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीबीचको मैत्रीपुर्ण खेलबाट प्रतिभाले कोर्टमा पूनरागमन गर्न लागेकी हुन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस सबैभन्दा चर्चित विधा समेत हो ।
पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीले अरुणालाई जिताउने अभियान स्वरुप एपिएफ र डायमन्डबीचको मैत्रीपुर्ण खेलको आयोजना गरेको हो । खेल शनिबार पोखरा रंगशालामा हुनेछ । त्यसअघि शुक्रबार जिल्ला भलिबल संघ बागलुङ, जिल्ला भलिबल संघ पर्वत, जिल्ला भलिबल संघ स्याङ्जा, जिल्ला भलिबल संघ कास्की र जिल्ला भलिबल संघ नवलपुरका पुरुष टोलीबीच मैत्रीपुर्ण खेल हुँदैछ ।
पिपल्स च्वाइसको मनोनयनमा अरुणासँगै कराँतेका मन्देकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदिना श्रेष्ठ र पौडीका गौरिका सिंह रहेकी छिन् । सबै खेलाडीहरु आफुलाई जिताउन आ–आफ्नो तरिकाबाट भोट अपिल गरिरहेका छन् ।

गत वर्ष माघ १० गते पाँचौ संस्करणको आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबविरुद्धको फाइनलका दौरान प्रतिभाले बायाँ घुडाँमा चोट बोकेकी थिइन् । स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनले घुँडामा चोट लागेको थियो । मैदानमा लडेको केही समयपछि नै उनलाई ब्लु क्रस अस्पताल लगिएको थियो ।
प्रतिभाको सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घुडाँकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुँडाको शल्यक्रिया गरेका थिए । प्रतिभाको घुँडाको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखिएको थियो ।

शल्यक्रिया पश्चात निरन्तर फिजियोमा व्यस्त रहेकी प्रतिभा गत असोजदेखि कोर्टमा फर्कने प्रयासमा जुटेकी थिइन् । त्यतिबेला बिस्तारै प्रशिक्षणमा खेल्न सुरु गरेकी प्रतिभा अहिले प्रतिस्पर्धामै खेल्न सक्ने अवस्थामा पुगिसकेकी छिन् ।
तर प्रतिभाले अहिले नै हतार भने नगर्ने बताएकी छिन् । अहिले खेलमा फर्कनु नै मुख्य लक्ष्य रहेको र टोलीको अवस्था हेरेर केहि समय मात्र खेल्ने उनले बताएकी छिन् । उनले अहिले नै पूरा खेल खेल्ने तयारी भने नरहेको बताइन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]