5 years ago
January 9, 2021
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही एकै साथ सुखी र दबाबमा छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस च्वाइस अवार्डको मनोनयनमा पर्दा जति खुसी छिन् त्यति नै दबाब झन्डै एक वर्ष पछि कोर्टमा फर्कदा खेल कस्तो होला भन्ने छ ।
शाहीलाई जिताउने अभियानका लागि पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जिल्ला भलिबल संघले एपिएफ र होंगान्जी न्यू डायमण्डबीच शनिबार पोखरामा मैत्रीपूर्ण खेल आयोजना गरेको छ । अरुण न्यू डायमण्डबाट खेल्दैछिन् ।
अवार्डको मनोनयमा पर्नु । जिताउनका लागि मैत्रीपूर्ण खेल आयोजना हुँदा एकदम खुसी छु, अरुणाले भनिन्, ‘तर खेल कस्तो होला भनेर डर पनि लागेको छ ।’ कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत ११ गतेबाट लकडाउन गरेयता अरुणा लामो समय गृह जिल्ला म्याग्दीमा रहिन् ।
त्यसयता केहि समय पोखरामा अभ्यास गरेपनि समग्रमा झण्ड एक वर्षदेखि उनी कोर्ट बाहिर छिन् । न त अभ्यास गर्न पाएकी छिन् । झन् अवार्डको मनोनयमा परेपछि उनको व्यस्तता बढेको छ । अभ्यास गर्ने समय मिलेको छैन ।

गत वर्ष नेपालगन्जमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगितायता कुनै पनि प्रतिस्पर्धात्मक प्रतियोगिता भएको छैन । त्यसमा एपिएफ र न्यू डायमण्डनै सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । दश महिनापछि फेरि एकपटक एपिएफ र न्यू डायमण्ड भिड्दैछन् । चोटका कारण नेपालगन्ज नखेलेकी प्रतिभा माली पनि मैत्रीपूर्ण खेल मार्फत कोर्टमा पूनरागमन गर्दैछिन् ।
गत वर्ष माघमा काठमाडौंमा भएको क्लब च्याम्पियसिपमा एपिएफविरुद्ध फाइनल खेल्ने क्रममै प्रतिभाको घुँडामा चोट लागेको थियो । झन्डै वर्ष दिनपछि प्रतिभा कोर्ट उत्रने तयारीमा छिन् । अरुणा प्रतिभा पनि खेल्ने तयारीमा रहेकाले आफू उत्साहित रहेको उल्लेख गर्दै भनिन्, ‘प्रतिभा फर्कने तयारीमा छिन् । खुसी लागेको छ । पुरानै अवस्थामा खेल्न केहि समय लाग्छ सक्छ ।’

न्यू डायमण्डले केहि अघिबाट प्रशिक्षण सुरु गरिसकेको थियो । प्रतिभा पनि टोलीसँगै अभ्यास गर्दै आएकी थिइन् । नयाँ खेलाडीको प्रदर्शन हेर्न आफू उत्सुक रहेको न्यू डायमण्डका प्रशिक्षक कुमार राईले बताए ।
एपिएफका प्रशिक्षक महेश चौधरी मैत्रीपूर्ण खेलका लागि खासै दबाब नलिएको बताए । टोलीका लिफ्टरद्वय विनिता बुढाथोकी र शशी चौधरी टोलीमा नरहेकोले रेश्मा भण्डारीलाई पहिलो पटक त्यो पोजिसनमा खेलाउन लागिएको प्रशिक्षक चौधरीले बताए ।
‘हामीले दुई साता मात्र भयो अभ्यास सुरु गरेको हो । अरुणाका लागि मैत्रीपूर्ण खेल्न लागेका छौं,’ उनले भने, ‘त्यस्तो दबाब केहि लिएका छैनौं । लामो समयपछि कोर्टमा उत्रदैछौं ।’ विनिता प्रधानमन्त्री कपको फाइनलका दौरान घाइते भएकी थिइन् ।
अरुणाकै कप्तानीमा नेपाली महिला टोलीले गत वर्ष अहिले सम्मकै ठूलो सफलता हासिल गरेको थियो । कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको नेपाली टोलीले मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । ३७ वर्षे साग इतिहासमा नेपालले महिला भलिबलमा रजत पदक जितेको त्यो पहिलो पटक हो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]