5 years ago
March 13, 2021
बिर्तामोड (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले शुक्रबार साँझ बिर्तामोडमा अवार्ड कार्यक्रम आयोजना गरेको थियो । २०७६ सालमा गरेको प्रदर्शन र उपलब्धिका आधारमा छनोट भएका खेलाडीमध्येबाट अनन्त र जुनी विजेता बनेका हुन् ।
झापाका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरे । सो विधामा फुटबलरकै छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पार्दै अनन्तले उत्कृष्ट चुनिएका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा अनन्त टोलीका सदस्य थिए । अनन्तको अनुपस्थितमा उहाँको उपाधि दाजु फुर्वाले अवार्ड ग्रहण गरे ।
महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी इलामकी जुनीले एक थान स्कुटर प्राप्त गरिन् । जुनीले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारेकी थिइन् । यस्तै बर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड फुटबलका रेजिन सुब्बाले जिते । झापाका रेजिनले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरे । र अवार्ड प्राप्त गनुभयो । रेजिनले कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारे ।
१३ औं सागमा कराते टोलीका मुख्य प्रशिक्षक मदनकुमार उप्रेती बर्षका उत्कृष्ट प्रशिक्षक चुनिए । उनले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरे । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पार्दै उप्रेती उत्कृष्ट प्रशिक्षक चुनिएका हुन् ।
महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले पिपल्स च्वाइज अवार्ड जितिन्। उनले २५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरिन् । ओलम्पियन डम्बर कुँवर लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । उनले अवार्डसँगै ३५ हजार रुपैयाँ प्राप्त गरे ।
खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारिरीक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्राप्त गरे । लिम्बू र दाहालले अवार्ड र २५ हजार रुपैयाँ प्राप्त गरे । २०६६ सालमा स्थापना भएको मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा चार बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]