default_image

5 years ago

March 18, 2021

पबजी टोली डीआरएसमा नयाँ व्यवस्थापन

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व बजारमा बढ्दो क्रेज रहेको ई-स्पोर्ट्सबाट नेपाली बजार पनि अछुतो छैन । पछिल्लो समय ई-स्पोर्ट्समा आबद्ध हुनेको संख्या बढ्दो छ । यसैलाई मध्यनजर गर्दै ‘द रियल सोल्जर्स’ (डीआरएस ) गेमिङ्ग आधिकारिक रुप दर्ता गर्दै नयाँ व्यवस्थापनमा अघि बढेको छ ।

सन् २०२० अगस्टमा अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिमलाई नयाँ व्यवस्थापनले अधिकारिक रुपमा दर्ता गराएर अगाडी बढेको हो । नेपालमा पब्जी र ई-गेमिङ्गलाई व्यवसायिक बनाउने लक्ष्यसहित व्यवस्थापनले विभिन्न योजना अघि सारेको छ । यसअघि नै ग्लोबल च्याम्पियन्सिपमा सहभागी भइसकेको डीएसआरमा अनुबन्धित भएका खेलाडीले अब मासिक रुपमा तलब र भत्ता प्राप्त गर्नेछन् ।

नयाँ व्यवस्थापनले त्यससँगै बूटक्याम्प दौरानको सम्पूर्ण खर्च समेत डीआरएसले बेहोर्ने छ। हाललाई खेलाडीहरुलाई हामीले एक बर्षको लागि अनुबन्ध गरिएको छ । टिममा हाल युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ् (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एमआरबोरो) रहेका छन् । टोलीको व्यवस्थापकको भूमिकामा सङ्गीन भट्टराई रहनेछन । आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता तथा विदेशी प्रशिक्षकबाट विशेष प्रशिक्षण समेत प्रदान गरिने जनाएको छ ।

डीएसआर हाल साउथ एसियन चरणको खेलको तयारीमा रहेको छ । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको दुबईमा भएको ग्लोबल च्याम्पियनसिपमा भने टोली २० औं स्थानमा परेको थियो । स्थापना भएको ८ महिनामै डीएसआर गेमिङ्गले अन्तराष्ट्रिय लोकप्रियता हासिल गर्न सफल हुँदै ४१ लाख नेपाली रुपैयाँ भन्दा बढी पुरस्कार जितिसकेका छ ।

कार्यक्रममा बोल्दै डिआरएस गेमिङका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेलले यस कदमले नेपाली गेमिङ समुदायलाई विकास गर्ने लक्ष्य लिएर यो कदम चालिएको बताए । उनले खेलाडीहरु निकै उत्कृष्ट रहेको र अन्तर्राष्ट्रिय रुपमा नेपालको चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए ।

खेलाडी अजय श्रेष्ठले ई-स्पोर्ट्स खेलाडीहरुलाई हेर्ने नजर बदल्न सके यसमै भबिष्य बनाउन सक्ने वातावरण बनाउन सकिनेमा जोड दिए। उनले यस कार्यक्रमले राम्रो गर्न प्रोत्साहन मिलेको बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.