10 years ago
September 9, 2015
काठमाडौ २३ भदौ ।
रग्वी खेलको विकास लागि नेपाल रग्वी संघ र द ब्रीटिस कलेजबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा हुने रग्वी विकासका हरेक कार्यमा एकवर्ष लागि सहकार्य गर्ने उद्धेश्यले संघ र कलेजबीच हस्ताक्षर भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सकुन्तला नगरकोटिको प्रमुख आतिथ्यमा रग्वी सङघका अध्यक्ष टङ्क लाल घिसिङ र कलेजका सिइयो राजन कडोलले हस्ताक्षरित सम्झौता पत्र एक आपसमा हस्तान्तरण गरे । सम्झौता पत्रमा कलेजको तर्फबाट एकवर्षमा अन्तर कलेज रग्वी च्याम्पियनसिप गर्ने,सङघको खेल विकासको गतिविधीमा सहयोग गर्ने र विद्यार्थीलाई रग्वी खेलमा समावेश गर्ने रहेको रग्वीका प्रशिक्षक गोविन्द घिमिरेले बताए ।
सङघकोतर्फबाट भने कुनैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा कलेजको लोगो प्रयोग र सङघले संयुक्त रुपमा रुपमा राष्ट्रिय प्रतियोगिता गर्ने लगायत समावेश छन् । सो अवसर इंग्ल्याण्डमा हुने रग्वी वल्र्डकप–२०१५ नेपालमा मनाउनका लागि एक महिना उत्सव कार्यक्रमको उद्घाटन राखेपका सदस्य सकुन्तला नगरकोटी गरीन् । एकमहिना कार्यक्रममा वल्र्डकप उद्घाटनको उत्सव,वल्र्डकप सेलिब्रेसनको मास र्यालि,बाइक र्यालि,ब्रीटिस कलेज र सङघविच मैत्रिपुर्ण खेल, वल्र्डकप लक्की ड्र र वल्र्डकपको प्रत्यक्ष प्रसारणका हेर्नका लागि विभिन्न केन्द्रको ब्यवस्था लगायत छन् । कार्यक्रममा राखेप सदस्य नगरकोटिले नेपालमा सङघले रग्वी खेल विकास लागि गरेको योगदानको प्रसशां गर्दै थप सफलताको शुभकामना दिइन् ।
रग्वी सङघका अध्यक्ष टङक लाल घिसिङले सङघले खेल विकाशका लागि राज्यको सहयोगको आवश्यक रहेको बताए । रग्वी खेल आगमी मसिंरमा हुने सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शन खेलको रुपमा समेत राखिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]