10 years ago
September 9, 2015
मनाड मस्यार्दी क्लबले महाभुकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्वर्गिय सुमन बमजनको परिवारलाई बुधवार नगद तीस हजार सहयोग गरेको छ ।
मनाड मस्यार्दी क्लबका अध्यक्ष जिमि गुरुङ सलिम,मनाङ समाजका अध्यक्ष सोनाम गुरुङ र क्लबका महासचिव कर्मा गुुरुङले नेपाल खेलकुद पत्रकार मन्च अध्यक्ष अजय फुयललाई सयुक्त रुपमा चेक हस्तान्तरण गरे । स्वर्गिय बमजन गोरखापत्र संस्थानमा कार्यरत थिए । त्यसै गरि भुकम्पबाट घर पुर्णरुपमा क्षेति भएका खेलपत्रकार अजय फुयल,गोबिन्द रेग्मी,धुव तुलाधर,फिरोजराज उपाध्याय,सोनिका अर्याल,राजेश भण्डारी,पज्वल शाक्य र सोमराज पोखरेललाई जनही पाच हजार पाचसय राहत स्वरुप उपलब्ध गराएको छ ।
सो अवासरमा क्लबले हाल सम्म सिन्धुपालचोक र दोलखामा एक करोड छब्बीस लाख,गोरखामा एक करोड,धादिडमा दुईलाख पचासहजार,नुहाकोटमा एक करोड पचास हजार,काभेमा आठ लाख,लमजुडमा सात लाख,तनहुमा पन्ध लाख,कास्की र रसुवामा समान छ लाख र काठमाण्डौंमा तीनलाख राहत रकम बितरण गरेका क्लबका महासचिव कर्मा गुरुडले जानकारी गराए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]